मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • लडेर घाइते भएका तुलाको उपचारमा आर्थिक अभाब

लडेर घाइते भएका तुलाको उपचारमा आर्थिक अभाब

  • शुक्रबार, पुस १०, २०७७
लडेर घाइते भएका तुलाको उपचारमा आर्थिक अभाब

बाजुरा–बाजुराको बडिमालिका नगरपालिका ६ कोर्ध बस्ने ३४ बर्षका तुला बडुवाललाई उपचारमा समस्या भएको छ । लडेर घाइते भएका तुलाको आर्थिक अभाबमा उपचारमा समस्या भएको छ । अहिले उनि ट्रमा सेन्टरमा उपचारमा रहेपनि पैसा अभाबमा उपचारमा समस्या भएको अम्मर बडुवालले वताएका छन् ।
दाउरा चिर्ने बेला लडेर घाइते भएका तुलाको तलको कुनै पनि भाग नचल्ने गरेको आफन्तले वताएका छन् । घाइते भए लगतै उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो । अस्पतालले यहाँ उपचार सम्भब नभएको भन्दै सेति प्रादेशिक अस्पताल धनगढी पठाएको थियो, त्यहाँ बाट पनि कोहोलपुर मेडिकल कलेज पठाइएको थियो । कोहोलपुर पनि ठिक नहुने भन्दै अस्पतालले राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले वताएका छन् ।
रिन काढेर काठमाडौ सम्म पुयाएका छौ, अहिले आफुहरु सँग पानि किन्नलाई पैसा समेत नभएको उनि सँग गएका प्रकाश बडुवालले वताएका छन् । उनको उपचार मात्र नभई घाइते सँग पुगेका आफन्तलाई खान समेत समस्या रहेको प्रकाशले वताए । तुलालाई राष्ट्रिय ट्रमा सेन्टरको ईमरजेन्सिमा भर्ना गरेर उपचार शुरु गरिएको छ । चिकित्सका अनुसार तुलाको स्पाइन कडमा असर परेका कारणले शरिर चलेको हुन नसक्ने थप जाँच पछि मात्र थाहा हुने वताएका छन् ।
बाजुरा बाट काठमाडौ पुयाउदा भाडमा मात्र ५० हजार भन्दा बढि खर्च भएको आफन्त अम्मर बडुवालले वताएका छन् । सबै खर्च गरेर १ लाख खर्च भइसकेको छ, त्यो पैसा पनि गाँउमा साहु बाट मासिक सयकडा ३ प्रतिशतका दरले ब्याज तिर्ने गरेर रिन झिकेको वताए । अब थप उपचार कसरी गर्ने चिन्ता भएको उनले वताए । अम्मरले भने भाइको उपचारका लागि सहयोगका लागि अपिल समेत गरेका छन् ।
तुलाको परिवार आर्थिक अबस्था निकै कमजोर रहेको छ । जेनतेन गरेर परिवार पाल्ने तुला आफै लडेर घाइते भएपछि उनलाई अहिले पैसा अभाबमा उपचारमा समस्या भएको छ । राष्ट्रिय ट्रमा सेन्टरको बेडमा चेकजाँच भइरहेको छ, थप उपचारका लागि पैसा ब्यबस्थापन नहुदा अलपअत्र अबस्था रहेको आफन्तले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार