• होमपेज
  • समाचार
  • ओलीलाई कारवाही गरेको प्रचण्ड–नेपाल समूहद्वारा निर्वाचन आयोगलाई जानकारी

ओलीलाई कारवाही गरेको प्रचण्ड–नेपाल समूहद्वारा निर्वाचन आयोगलाई जानकारी

  • सोमवार, पुस ६, २०७७
ओलीलाई कारवाही गरेको प्रचण्ड–नेपाल समूहद्वारा निर्वाचन आयोगलाई जानकारी

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद विघटनपछिको विकसित घट्नाक्रमबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

सो समुहले संसद विघटनपछि भएका सवै घट्नाक्रमबारे अयोगलाई जानकारी गराएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनले जानकारीपत्रमा के के छ भन्ने कुरा आफुले सवै अध्ययन गरिनसकेको भन्दै पछिल्ला घट्नाक्रमहरु समेटिएको हुनसक्ने जानकारी दिए ।

स्रोतका अनुसार प्रचण्ड–नेपाल समुहले ओलीलाई पार्टीले कार्यवाही गर्ने निर्णय गरेको जानकारी गराएको छ । स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको अध्यक्ष प्रचण्डले जानकारी गराएको निर्वाचन आयोग स्रोतको भनाइ छ । स्थायी कमिटी सदस्य लिलामणी पोखरेल सो पत्र लिएर निर्वाचन आयोग पुगेका थिए ।

हिजो बसेको स्थायी कमिटीले अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ र भोली बस्ने केन्द्रद्रीय कमिटीको बैठकले त्यसलाई अनुमोदन गर्नेछ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । र सोही आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन भएको घोषणा गरेकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार