बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको आयोजना र जिआइजेटको सहयोगमा दुई दिने अन्तकृया कार्यक्रम सम्पन्न भएको छ ।
सुशासन प्रणलीमा सेवा प्रबाह मार्फत नागरिकहरुको भावनाको कदर गर्दै सेवाग्राहीको सन्तुष्टी अभिबृद्धि गर्ने उदेश्यका साथ सो तालिमको आयोजना गरिएको बडिमालिका नगरपालिकाका कर्मचरी बिर बहादुर बिष्टले बताएका छन ।
जिआइजेट नेपालको सहयोगमा नगरपालिकामा हुने शुसान सम्बन्धीको दुई दिने तालिममा सामाजिक जवाफदेहीता, सुचनामा पहुँच, आवज बार्तालाभ सम्बन्धी तालिम दिएको नगरपालिकाले जनाएको छ ।
जिआइजेटका हेमराज लामिछाने र बिष्णुप्रशाद नेपालले सहजीकरण गरेको सो कार्यक्रममा बडिमालिका नगरपालिका कर्मचारी र जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो ।