• होमपेज
  • समाचार
  • नेपाल प्रहरीका ३३ जना एसएसपीको सरुवा ( नाम सहित)

नेपाल प्रहरीका ३३ जना एसएसपीको सरुवा ( नाम सहित)

  • शुक्रबार, मंसिर ५, २०७७
नेपाल प्रहरीका ३३ जना एसएसपीको सरुवा ( नाम सहित)

गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस क्रममा ललितपुर र काठमाडौँका प्रहरी प्रमुखहरु फेरिएका छन् । सरुवा अनुसार महानगरीय प्रहरी परिसर काठमाडौँमा एसएसपी अशोक सिंह आएका छन् । सिंह प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।

त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ । बर्जाचार्य महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिइन् ।

त्यस्तै महानगरीय ट्राफिक महाशाखामा एसएसपी जनक भट्टराईको सरुवा भएको छ । भट्टराई प्रहरी प्रधान कार्यालयमा तालिम महाशाखामा कार्यरत थिए ।

त्यस्तै एसएसपी मुकेश कुमार सिंहको सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायल, डोटी सरुवा भएको छ । यसअघि सिंह प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिममा कार्यरत थिए । प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायहरुमा बोधार्थ पठाएको छ ।

चर्चामा

सम्बन्धित समाचार