• होमपेज
  • देश/प्रदेश
  • नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

  • बुधबार, मंसिर ३, २०७७
नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जना कोरोना संक्रमित का छन्। संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेकाे संख्या १ लाख ८२ हजार ७८० पुगेको छ। आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन्।

चर्चामा

सम्बन्धित समाचार