• होमपेज
  • समाचार
  • घाँस काट्न जादा भीरबाट लडेर एक युवतीको मृत्यु

घाँस काट्न जादा भीरबाट लडेर एक युवतीको मृत्यु

  • शुक्रबार, कार्तिक २८, २०७७
घाँस काट्न जादा भीरबाट लडेर एक युवतीको मृत्यु

भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्य हुनेमा बझाङ सुर्मा गाउँपालिका –२ दोगडीकी २२ वर्षीया सरस्वती बोहरा रहेकी छन् ।

बुधबार दिउँसो घाँस दाउरा ल्याउन बारिल खर्क भन्ने ठाउँमा गएकी उनी बेलुका मृत फेला परेकी प्रहरी जनाएको छ । घाँस दाउरा गरिरहेको स्थानबाट करिब २५ तल खसेकी उनको घटना स्थलमै ज्यान गएको मृतक युवतीका आफन्तलाई उद्यृत गर्दै प्रहरीले जनाएको छ ।

उनको आज बिहान प्रहरी मुचुल्का गरी पोष्ट मार्टमपछि शव आफन्तले बुझेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी रुपक खड्काले बताए ।

चर्चामा

सम्बन्धित समाचार