• होमपेज
  • समाचार
  • थप २६ जनाको मृत्यु, मृतकको संख्या ११७४ पुग्यो

थप २६ जनाको मृत्यु, मृतकको संख्या ११७४ पुग्यो

  • बुधबार, कार्तिक २६, २०७७
थप २६ जनाको मृत्यु, मृतकको संख्या ११७४ पुग्यो

नेपालमा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २२ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा २ हजार ५ सय ६९ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा १० हजार ८१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या १५ लाख ७४ हजार २ सय ९५ पुगेको छ। हाल १ हजार १ सय ९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार