बाजुरा — देव बहादुर बोहोराको पहिलो देउडा एल्वम् देउडा गित मार्तडी बजार सार्वजनिक भएको छ । बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर १ अन्दाडीमा बुवा राजमेले बाेहरा र माता चाउली बाेहराकाे काेखबाट जन्मेका बाेहराकाे पहिलो देउडा एल्वम् मार्तडी बजार म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
सर्मिला विसि र देव बहादुर रोकायाको स्वरमा रहेको मार्तडी बजार गितको शव्द राजेन्द्र शाह विपी र देव बहादुर बोहोरा स्वयमले गरेकाे देब बहादुर बाेहराले जनाएका छन् । मार्तडी बजारको सेरोफेरोलाइ भिडीयाे गितकाे छायाङ्कन गरिएकाे भए पनी जिल्लाका सबै पालिकाकाे कुराहरूलाइ साे गितमा समेटीएकाे बाेहराले बताएका छन । साे म्युजिक भिडियोको अभिनय चिरञ्जीवि खड्का, कल्पना ढुंगानाको रहेको छ । म्युजिक भिडियोको निर्देशन भिम थापाले गरेका छन् भने छायांकन डिबी रौलेले गरेकाे उनको भनाइ रहेकाे छ।