बागलुङमा सोमबार बिहान पहिरो जाँदा एक जनाको मृत्यु भएको छ। जैमिनी नगरपालिका-१ टुनिबोटमा पहिरो जाँदा ६१ वर्षीय हरिकृष्ण पौडेलको मृत्यु भएको मेयर इन्द्रराज पौडेलले बताए।
उनका अनुसार बिहान साढे ६ बजे पहिरो गएको थियो। पहिरोले पाँच घर भत्किएका छन्। पहिरोमा पुरिएका उनको शव निकालिएको हो।
सडकमाथिबाट खसेको पहिरोले सडक र घरसमेत भत्काएको पौडेलले बताए। मेयर पौडेलका अनुसार आइतबार पनि सो ठाउँनजिकै पहिरो जाँदा एक जनाको मृत्यु भएको थियो। सोही नगरपालिका-५ मा आइतबार नै पहिरो जाँदा अर्का एक जनाको मृत्यु भएको थियो।