• होमपेज
  • राजनीति
  • ११ बजे मन्त्रिपरिषद् बैठक, हिजैदेखि सामान सार्दै खतिवडा

११ बजे मन्त्रिपरिषद् बैठक, हिजैदेखि सामान सार्दै खतिवडा

  • शुक्रबार, भदौ १९, २०७७
११ बजे मन्त्रिपरिषद् बैठक, हिजैदेखि सामान सार्दै खतिवडा

काठमाडौं : ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक डाकिएको छ । आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा नियुक्तीका लागि नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिपति समक्ष सिफरिस गर्ने स्रोतले जानकारी दिएको छ ।

यसै मन्त्रिपरिषद् बैठकबाट अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा विदाइ हुँदैछन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तीका लागि सिफसिर गर्ने निर्णय गरेको थियो ।

यस निर्णयसँगै खतिवडा मन्त्रीबाट हट्नु पर्ने निश्चित भएको हो । स्रोतले दिएको जानकारी अनुसार आफू मन्त्रीबाट हट्ने पक्का भएपछि खतिवडाले मन्त्री क्वाटर छाड्ने तयारी थालिसकेका छन् । उनले बिहीबार साँझबाट नै पुल्चोकस्थित मन्त्री क्वाटरबाट धुम्बाराहीस्थित आफ्नो घरमा सामान सार्न थालिसकेका छन् ।

गत फागुनमा राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल सकिएपछि प्रधानमन्त्री ओलीले उनलाई पुनः मन्त्रीमा नियुक्त गरेका थिए । मन्त्री बनेको ६ महिनाभित्र संसदको सदस्य भइसक्नु पर्ने संवैधानिक व्यवस्था अनुसार खतिवडा मन्त्रीबाट हट्न लागेका हुन् । संविधानको व्यवस्थाअनुसार यस कार्यकालभरि अब खतिवडा मन्त्री बन्न पाउने छैनन् ।

चर्चामा

सम्बन्धित समाचार