बतास मात्र होईन तुफान बोकेर आउँछ,
बर्गशंघर्षको फेरी रुझान बोकेर आउँछ।
हो मेरा गजल उत्पिडित बर्गको हित मा,
त्यसैले आफ्नो पहिचान बोकेर आउँछ।
पुँजीको आरनले कुटी-कुटी फौलादबनी,
औजार झैँ उन्कै अफ्सान बोकेर आउँछ।
छन रातो झण्डामै लुकेका अवसरबाद झैँ,
न हम्झिए फेरीपनि उखान बोकेर आउँछ।
यस पटक सर्वहारा सुकुमवासीको पक्ष मा
क्रान्तिकारी औजार बिधान बोकेर आउँछ।
ब्यार्थै जानेछैन जस्ले रगत पोखेर गएपनी,
नयाँ दीन शहिदको सम्मान बोकेर आउँछ।
यिनै रचनाहरुले देश बिदेशमा बसेका लाई,
बर्ग शंघर्षको फेरी आबहान बोकेर आउँछ।
सुरेशकुमार पान्डे।