• होमपेज
  • समाज
  • कपनको झाडीमा बाकसभित्र भेटिइन् ‘प्राप्तिका’

कपनको झाडीमा बाकसभित्र भेटिइन् ‘प्राप्तिका’

  • बुधबार, साउन १४, २०७७
सेयर गर्नुहोस् :
कपनको झाडीमा बाकसभित्र भेटिइन् ‘प्राप्तिका’

सोमबार साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्न गएका थिए। नजिकैको ‘केयर बाल गृह’ मा बस्ने उनीहरूले चउरमा साँझ अनौठो कुरा देखे। छेउको झाडीमा एउटा बक्सा थियो। बक्साभित्र न्याना कपडाले शरीर पूरै बेरिएको बच्चा थियो। घरमा ओछ्यानमै पल्टिएजसरी बच्चा हाई हाई गरिरहेको थियो।

कार्टुनभित्र बच्चा देखेपछि केटाकेटी झुम्मिए। उनीहरूले ती बालिकाको तस्बिर र भिडिओसमेत खिचे।  भिडिओमा बालिकाहरूले ‘हाम्रो घरमा लगम् न दिदी प्लिज। कस्तो क्युट छ हामीलाई मनपर्‍यो। हाम्रो बहिनी बनाउने नि प्लिज,’ भनेको सुनिन्छ।

त्यतिन्जेल बालिकासँग गएकी निष्मा बोहोराले ‘मामु’लाई खबर गरिसकेकी थिइन्।  उनीहरूकी ‘मामु’ पुष्पा अधिकारी हुन्।  पुष्पाले ‘केयर बाल गृह’ मा १५ बालिका र एक बालकको हेरचाह गर्दै आएकी छिन्।

चर्चामा

सम्बन्धित समाचार