• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमका १६७९ संक्रमित डिस्चार्ज, ४८ जनाको मात्रै अस्पतालमा उपचार हुँदै

सुदूरपश्चिमका १६७९ संक्रमित डिस्चार्ज, ४८ जनाको मात्रै अस्पतालमा उपचार हुँदै

  • सोमवार, साउन ५, २०७७
सुदूरपश्चिमका १६७९ संक्रमित डिस्चार्ज, ४८ जनाको मात्रै अस्पतालमा उपचार हुँदै

सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट एक हजार ६ सय ७९ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा आईतवार साँझ एक हजार ६ सय ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।

उनका अनुसार आईतवार मात्रै कञ्चनपुरका ९ र अछामका दुई गरी ११ जनालाई घर पठाइएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कञ्चनपुरका तीन सय ९९, अछामका तीन सय ६४, डडेल्धुराका दुई सय ६७ र बैतडीका दुई सय ५२ जनााई डिस्चार्ज गरिएको छ।

डोटीका एक सय ५७, कैलालीका एक सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। यस्तै सुदूरपश्चिम प्रदेशका ४८ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी दुई हजार तीन सय बढिको स्थानीय तहको आईसोलेसनमा उपचार भईरहेको छ।

मन्त्रालयका अनुसार महाकाली अस्पतालमा १८, टीकापुर अस्पतालमा १३, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन, सेती अस्पताल र डोटी अस्पतालमा दुई÷दुई जना गरी ४८ जनाको उपचार भईरहेको छ।

सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार ५४ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार