• होमपेज
  • समाज
  • सडक अबरुद्ध हुदा राहातको समग्री बिच बाटोमै रोकीयो लक्षित बर्ग भोकै

सडक अबरुद्ध हुदा राहातको समग्री बिच बाटोमै रोकीयो लक्षित बर्ग भोकै

  • शनिबार, साउन ३, २०७७
सडक अबरुद्ध हुदा राहातको समग्री बिच बाटोमै रोकीयो लक्षित बर्ग भोकै
क्याप्सन -- राहात बोकेरका ट्याक्टर लगातारको बर्षाका कारण मार्तडी कोल्टि सडकको बिचबाटौमै रोकीए ।

पदमबहादुर सिंह / बाजुरा ३ साउन– लगातारको बर्षाका कारण मार्तडी कोल्टि सडक अबरुद्ध भएको छ । सडक अबरुद्ध हुदा बाजुरा जिल्लाको पूर्बी उत्तरी क्षेत्रका चार स्थानिय तहका ५० हजार बढी जनता र कर्णाली प्रदेशका हुम्ला, मुगु र कालिकोटका स्थानियकालाई सास्ती भएको छ ।
बिश्व कोरोना महामरीले लकडाउन भएको चार महिना बढी भयो । लकडाउनको समयमा दैनीक ज्यालादारी गरेर खाने परिवारलाई समस्या भएको छ । सडक संचालन भएको भए गाडी लोड अनलोड गरेर भएपनि साझ बिहानको छाक टार्न सजिलो हुन्थ्यो, बर्षाले गाडी नै बन्द भएपछि काम केही नपाएर भोकै बस्नु परेको बुढीनन्दा नगरपालिका २ का मुक्तहलिया बिरे सार्कीले बताए ।
बर्षाका कारण कच्चि सडकमा ठाउ ठाउमा पहिरो गएको छ, सडक हिलाम्मे भएको छ खोला नाला बढेपछि सडक पूर्णरुपमा अबरुद्ध भएको छ । सकड अबरुद्ध हुदा पूर्बी उत्तरी क्षेत्रका बिपन्न एकल हलिया परिवारलाई राहत लगेर गएका ट्याक्टरहरु बिचबाटोमै फसेका छन् ।
आईएनएफ नामक गैरसरकारी संस्थाले बुढीनन्दा नगरपालिकाका ४ सय १० परिवारलाई खाद्यन्न र ४ सय १० परिवारलाई सुरक्षा स्वास्थ्य सामग्री दिनको लागि राहत लगेर गएका ट्याक्टरहरु बिच बाटोमै रोकिएका छन् । राहत सामाग्री लिएर कोल्टि जाने क्रममा बडिमालिका नगरपालिका ७ को रजातोली लाएतका क्षेत्रमा सडक माथिबाट पहिरो आएपछि राहत बिचमा रोकीएको आईएनएफ बाजुराका क्षमता बिकास अधिकृत्त तिलक भण्डारीले बताए । वडा पालिकाको छनोटका आधारमा बिपन्न, एकल, हलिया अपागं लगायतका परिवारलाई राहात दिने निर्णय छ । खाद्यन्न बिचमै रोकीयो तीनीहरुलाई साझ बिहानको छाक टार्न समेत समस्या भएको भण्डारीले बताए ।
राहात पाउने आशाले लक्ष्यित वर्गले दिन दिनै फोन गरिरहेको छन् । आठ दश जनालाई मात्र भए भरिया मार्फत ढुवानी गर्न हुन्थ्यौ यत्रो ठुलो संख्यामा समस्या भएको भण्डारीले बताएका छन् ।
यता नेपाल राष्टिय दलित समाज कल्याण सघ (ल्ल्म्क्ध्इ) नामक गैर सरकार िसस्थाले उत्तरी क्षेत्रका हिमाली स्वामीकार्तिक खापर गाउपालिका र बुढीनन्दा नगरपालिकाका ५ सय ५१ परिवारलाई राहत दिने निर्णय गरेर छनोट गरिएर भेण्डर खोलेर सामान ढुवानी गर्ने तयारी रहेको समयमा बर्षाले सदरमुकाम मार्तडीमै रोकीएको सस्थाका जिल्ला कार्यक्रम अधिकृत्त रोशन खड्काले जानकारी दिए । लक्षित बर्गले फोन गरेर हैरान बनाईसक्यो राहात ढुवानी गर्न एक दमै समस्य भएको खड्काले बताए । यति धेरे सामग्री भरिया खच्चडले ढुवानी गर्न समेत नसकीने उनले बताए ।
२०५६ सालमा निर्माण कार्य शूरु भएको मार्तडी–कोल्टि सडक सिलान्यास भएको २१ बर्षसम्म पनि पुरा हुन सकेको छैन् । मार्तडी–कोल्टि सडक ४२ किलोमिटर रहेको छ । जीप र ट्याक्टर केही हिउदको महिना सञ्चालनमा आएपनि बाटो निकै अप्ठयारो भएकाले गाडी बिग्रने, फसीने गरेको जीप ब्यबसायी पृथ्वी रावलले वताए ।
२१ बर्षसम्म ३५ करोड भन्दा बढि खर्च भईसकेको भएपनि सामान्य बाटो खुल्ने काम पनि पुरा नभएको स्थानिय बासिले वताएका छन् । जसका कारण यातायात संचालनमा असहज भएको छ । २०५६ फाल्गुण ७ गते तत्कालिन जिल्ला सभापति बर्तमान प्रतिनिधि सभाका सदस्य लाल बहादुर थापाले उक्त सडकको शिलन्यास गरेका थिए । शिलन्यासको बेला २०६० सम्म कोल्टिमा गाडी पुयाई सक्ने लक्ष्य राखेको थियो ।
कामका लागि खाद्यन्न कार्यक्रमबाट २७ करोड ४० लाख, तत्कालिन जिल्ला विकास समिति बाजुराबाट ८ लाख, कर्णाली वरिपरिको कार्यक्रमबाट ३६ लाख र तत्कालिन उत्तरी क्षेत्रका ११ गाबिसबाट २१ लाख र सडक बिभाग बाट ५ करोड गरि ३३ करोड ५४ लाख ५ हजार, बडिमालिका नगरपालिका बुढिन्नदा नगरपालिका बाट १ करोड भन्दा बढि खर्च भइसकेको छ । रकम करोडौ खर्च भईसकेको छ, एकातिर मनोमानी तरीकाबाट सडक निर्माण भएको छ भने अर्कोतिर सडक पुरा हुन नसकेको नागरिक समाजका अगुवा प्रदिपराज जैशीले वताए । यो सडकमा अनियमित भएको पटक पटक गुनासो आईरहेको जैशीले वताए ।
सडक निर्माण गर्दा वातावरण्ीाय प्रभाब मुल्याङन गर्नु पर्ने हुन्छ तर यो सडकमा अध्ययन विनानै सडक निर्माण गरि मनोमानी तरिकाले रकम खर्च गरेको स्थानीय जनम धामीले बताए । कुन ठाँउबाट सडक लिदा राम्रो हुन्छ, कता पहिरो जादैन, भन्ने अध्ययन विनानै सडक खन्ने काम भएको प्राबिधिकले वताउदै आएका छन् । पोरखे लेकमा करोडौको काठ सडक निर्माण हुने बेला फडानी भएको स्थानीय लक्ष्मीराज पाध्ययाले वताएका छन् । डोजर नै प्राबिधिक भएर बाटो खन्ने काम भएको छ ।बाताबरणीय अध्यान विनै सडक काट्दा बडिमालिा नगरपालिका ७ जिल्ली गाउ बाढी पहिरोको उच्च जोखीममा रहेको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । शुदुरपश्चिम प्रदेश सरकारले बहुबर्षिय सडक भन्दै पैशा बिनियोजन गरेको छ । मार्तडी देखी कोल्टि सम्मका लागि १ अरब ५५ करोडको ठेक्का शुरु भइ पिचका लागि काम शुरु भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार