• होमपेज
  • बाजुरा बिशेष
  • पीसबिन कोल्टि कार्यालयद्धारा क्वारिन्टिनलाई सुरक्षा सामग्री सहयोग

पीसबिन कोल्टि कार्यालयद्धारा क्वारिन्टिनलाई सुरक्षा सामग्री सहयोग

  • सोमवार, असार २९, २०७७
पीसबिन  कोल्टि कार्यालयद्धारा क्वारिन्टिनलाई सुरक्षा सामग्री सहयोग

पदम सिंह / बाजुरा २९ असार– पीसबिन बाजुराद्धारा बुढीनन्दा नगरपालिका र हिमाली गाउपालिकाका क्वारिन्टिन ब्यावस्थापन र क्वारिन्टिनमा बस्नेहरुको सुरक्षाका लागि सुरक्षा सामग्री हसयोग गरेको छ ।
वेल्डहंगर हिल्फे र पीसबिन बाजुराको आर्थिक सहयोगमा क्वारिन्टिन ब्यबस्थापनको लागि ४० ओटा ब्याड सेट ओड्ने ओछ्याउने, ३ सय जोड चप्पल, हात धुने ड्रमहरु ८ पीस, सेनिटाईज ५ सय एमएलका २० बोतल, हातधुने साबुन र स्वडा १२ दर्जन गरि २ लाख ५० हजार बराबरको सामग्री सहयोग गरेको पीसबिन बाजुरा कोल्टि कार्यालयका प्रमुख गोबिन्द थापाले जानकारी दिए ।
भारत लगाएत देशका अन्य जिल्लाहरुमा कामको सिलसिलामा गएकाहरु कोरोनाको महामारी फैलिएसंगै धमाधम आउन थालेपछि स्थानिय तहलाई ब्यवस्थापन गर्न समस्या भएको समयमा पीसबिन बाजुराले क्वारिन्टिन ब्यस्थापनको लागि सहयोग गरेको हिमाली गाउपालिकाका अध्यक्ष गोबिन्द मल्लले बताए ।
सयौका संख्यामा आएपछि स्कुलहरुमा बस्न त ब्यबस्थापन गरियो बस्नेहरुको लागि ओड्ने ओछ्याउनेको धेरै समस्या भयो । लकडाउनले तत्काल खरिद गर्न पनि समस्या भएको थियो पीसबिन बाजुराले पालिकासंग समन्वय गरेर सहयोग गर्छु भनेपछि धेरै ठुलो राहात भएको मल्लले बताए ।
कोरोना महामारीले बिश्वनै आक्रान्त भईरहेको समयमा हामीले पनि डोनरलाई महामारीसंग जुद्न सस्थाको कार्यक्षेत्रका स्थानिय तहलाई सहयोग गर्न अनुरोध गरेपछि सहयोगी निकाएले सकरात्मक भएपछि थोरै भएपनि सुरक्षा सामग्री सहयोग गरेको पीसबिन बाजुरा कोल्टि कार्यालयका प्रमुख गोबिन्द थापाले बताए ।
बिशेष गरि क्वारिन्टिनमा बालबालिका, गर्भबती महिला बृद्धबृदाहरु पनि हुने भएकोले उनीहरुको स्वास्थ्यलाई मध्यजन गरेर सुरक्षा सामग्री सहयोग गरेको थापाले बताए ।
यो भन्दा पहिले ६ हजार १ सय ६५ घरधुरीलाई साबुन, ४ सय ५० जना गर्भबती आमालाई अण्डा, बिभिन्न स्वास्थ्य सस्था, प्रहरी, पत्रकार तथा अन्य कर्मचारी लगाएलाई ३ हजार ५ सय सर्जिकल मास्क सहयोग गरिसको थापाले बताए । कोभिड १९ को महारीले नेपालमा लकडाउन भएको चार महिनाको अबधिमा २० लाख बढीको स्वास्थ्य सुरक्षा सामग्री कार्यक्रम सेवा क्षेत्रका स्थानीय तहहरुमा सहयोग गरेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार