• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमका १४१७ जना कोरोना संक्रमित डिस्चार्ज, ७९ जना मात्रै अस्पतालमा

सुदूरपश्चिमका १४१७ जना कोरोना संक्रमित डिस्चार्ज, ७९ जना मात्रै अस्पतालमा

  • सोमवार, असार २९, २०७७
सुदूरपश्चिमका १४१७ जना कोरोना संक्रमित डिस्चार्ज, ७९ जना मात्रै अस्पतालमा

सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहको आईसोलेसनबाट एक हजार चार सय १७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा आईतवार साँझ एक हजार चार सय १७ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।

प्रदेशमा आईतबार एकैदिन एक सय ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। कञ्चनपुर, डडेल्धुरा र अछामबाट आईतबार एक सय ३४ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए।

उनका अनुसार सबैभन्दा बढि डडेल्धुराका ७१ जना, अछामका ५२ जना र कञ्चनपुरका ११ जना संक्रमित डिस्चार्ज भएका हुन्। यो सँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या एक हजार चार सय १७ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सुदूरपश्चिममा अहिले सम्म तीन हजार नौँ सय २० जनामा कोरोना पुष्टि भएको छ। उनीहरु मध्ये ८ जनाको मृत्यु भईसकेको छ भने दुई हजार चार सय ४९ एक्टिभ केस रहेका छन्।

उनीहरु मध्ये प्रदेशका विभिन्न अस्पतालमा ७९ जना संक्रमितको उपचार भईरहेको छ। टीकापुर अस्पतालमा सबैभन्दा बढि ३९ जना, महाकाली अस्पतालमा १८ जना, जिल्ला अस्पताल अछाममा १० जना, सेती प्रादेशिक अस्पतालमा ७ जना, मालाखेती अस्पतालमा तीन जना र जिल्ला अस्पताल डोटीमा दुई जनाको उपचार भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार