सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • बडिमालिका
  • आइएनएफ बाजुराद्धारा राहत बितरण

आइएनएफ बाजुराद्धारा राहत बितरण

  • आइतवार, असार २८, २०७७
आइएनएफ बाजुराद्धारा राहत बितरण

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ८ को रापकमा आइएनएफ बाजुराले राहत बितरण गरेको छ । कोरोना भाइरसको प्रभावमा परेका वडा न ८ रापकमा बस्दै आएका मजदुर एकल महिला लगायत जोखीमा रहेका ३२ परिवारलाई राहत बितरण गरीएको आइएनएफ बाजुराका परियोजना संयोजक जुहारीलाल कार्कीले बताएका छन् ।
कोबिट १९ को उच्च जोखीमा रहेका परिवारलाई केही राहत पुगोस भन्ने उदेस्यका सो कार्य गरिएको कार्कीले बताए । सो वडा का ३२ परिवारलाई प्रति परिवार ३० किलो चामल, ३ किलो दाल ३ किलो नुन , २ किलाे चिनी र २ लिटर तेल राहत स्वरुप बितरण गरीएको कार्कीले बताए । कोबिट १९ प्रतिकार्य योजना बनाएर बाजुरा जिल्लाका हिमाली गाउँपालिका बुढिनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र बडिमालिका नगरपालिकामा राहत बितरण कार्य भइरहेको कार्कीले बताए । नेपाल सरकारकाे राहत बितरण सम्बन्धी बनाएकाे कार्यबिधीलाइ टेकेर राहत बितरण गरीएकाे  आइएनएफ बाजुराका परियाेजना संयाेजक कार्कीले बताएका छन् । वडाले छनाैट गरेका परवारहरूलाइ बितरण गरीएकाे उनले बताए ।


बिगत ६ बर्षदेखी आइएनएफ बाजुराले बाजुरा जिल्लाका बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका स्वामिकार्तिक खापर गाउँपालिका लगायतका स्थानीय तहमा स्वास्थ्य तथा जिविको पार्जन कार्यक्रमहरु गर्दै आएको छ । यस बर्षदेखी आइएनएफ बाजुराले कार्यक्षेत्र बढाएर बडिमालिका नगरपालिकामा काम गर्ने भएको छ । राहत बितरण कार्यक्रममा वडाका जनप्रतिनीधी, पत्रकार स्थानीय र संस्थाका पदाधीकारीकाे राेहबरमा बितरण गरेकाे आइएनएफ बाजुराले जनाएकाे छ । स्थानीय राहत पाएकाेमा  खुसी हुदै राहत बुझेर गएका थिए ।

चर्चामा

सम्बन्धित समाचार