
बिबिसी — ‘रिमेम्बरिङ वाइल्डलाइफ’ नामक पुस्तक शृङ्खलाले आयोजना गरेको एउटा प्रतियोगितामा चीताहरूका १० वटा तस्बिर सर्वोत्कृष्ट ठहरिएका छन्। उक्त प्रतियोगितामा २,४०० फोटोग्राफरले केन्या, नामिबिया, टान्जानिया र दक्षिण अफ्रिकामा खिचेका तस्बिरहरू पठाएका थिए।
ती १० तस्बिर आगामी अक्टोबर महिनामा ‘रिमेम्बरिङ चीटाज’ नामक पुस्तकमा विश्वका अग्रणी वन्यजन्तु फोटोग्राफरले नि:शुल्क उपलब्ध गराएका तस्बिरसँगै प्रकाशित गरिनेछ। प्रतियोगितामा सहभागी हुँदा फोटोग्राफरहरूले तिरेको शुल्क नामिबिया र केन्यामा सञ्चालित चीता संरक्षण परियोजनालाई दिइनेछ। अहिले संसारमा ७,००० वटाजति चीता बाँकी छन्। त्यसैले रिमेम्बरिङ वाइल्डलाइफले वन्यजन्तुहरूले खेपेको जोखिमबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।
प्रतियोगितमा सर्वोत्कृष्ट ठहरिएका तस्बिरहरू यहाँ प्रस्तुत छ।
तस्वीर कपीराइटSUE MORRIS
तस्वीर कपीराइटDEE ROELOFSZ
तस्वीर कपीराइटFRED VOGT
तस्वीर कपीराइटBOB KEYSER
तस्वीर कपीराइटBEN CRANKE
तस्वीर कपीराइटBENOIT BUSSARD
तस्वीर कपीराइटBERTUS VENTER
तस्वीर कपीराइटFRANCESCO VERONESI
तस्वीर कपीराइटVICKI JAURONसबै तस्बिरहरूको सर्वाधिक माथि उल्लेख गरिएअनुसार सुरक्षित
