शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • देश
  • अछाममा एकै दिन २९ जनामा कोरोना सङ्क्रमण पुष्टि

अछाममा एकै दिन २९ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • बिहिबार, असार ४, २०७७
अछाममा एकै दिन २९ जनामा कोरोना सङ्क्रमण पुष्टि

शिवराज ढुङ्गाना

मङ्गलसेन, असार ४ गते । कोरोना सङ्क्रमणको आशङ्कामा गरिएकाको पीसीआर परीक्षणमा बिहीबार एकै दिन अछामका दुई स्थानीय तहमा २९ जनाको पोजिटिभ नतिजा आएको छ । मेल्लेख गाउँपालिकाका २३ र साँफेबगर नगरपालिकाका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अछाममा एकै दिन ठूलो सङ्ख्यामा कोरोना पुष्टि हुने सङ्ख्या अहिलेसम्मकै बढी हो ।

मेल्लेख गाउँपालिकाका १५ पुरुष, आठ महिला गरेर २३ जना र साँफेबगर नगरपालिकाका चार पुरुष र दुई महिला रहेका स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएका मेल्लेख गाउँपालिकाका अधिकांश व्यक्ति वडा नं. ४, कुष्कोटका र साँफेबगरका छ जनामा वडा नं. ११, पातालकोटका व्यक्ति रहेको बताइएको छ ।

अछाममा कोरोना सङ्क्रमण पुष्टि हुने ५१ जना पुगेका छन् । जसमध्येमा सात जना कोरोना जितेर घर फर्किसकेका जिल्ला स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ । पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाइएकोमा ७०८ जनाको रिपोर्ट आउनै बाँकी रहेको बताइएको छ । गाउँपालिकामा कोरोना सङ्क्रमण फैलने क्रम बढेकोले गाउँमा त्रास भएपनि आफूहरू गाउँमै खटिएर काम गरिरहेको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढाले जानकारी दिनुभयो । अधिकृत बुढाका अनुसार केहीको स्वाबको रिपार्ट नै आउन बाँकी रहेको छ ।

अछाममा हालसम्म पीसीआर परीक्षणका लागि एक हजार ३६६ व्यक्तिको स्वाब सङ्कलन गरिएकोमा ६५८ को मात्र पीसीआर परीक्षण गरिएको छ । बाहिरबाट आएका पाँच हजार ८०१ व्यक्तिमा आरडीटी परीक्षण गरिएको हालसम्म ४४४ जनामा एन्टिबडी पोजिटिभ देखिएकोले त्यसमध्येका केहीको स्वाब सङ्कलन बाँकी रहेको सूचना अधिकारी जोशीको भनाइ छ । #गाेरखा पत्र

चर्चामा

सम्बन्धित समाचार