शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टि

  • बुधबार, असार ३, २०७७
सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टि

धनगढी — सुदूरपश्चिममा आज ३२ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा ३१ र काठमाडौँमा भएको परीक्षणमा एक गरी थप ३२ जनामा कोरोना पुष्टि भएको हो।

कैलालीका २१, डोटीका पाँच, कञ्चनपुर, बझाङ र अछामका दुई/दुई जनामा कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ७९ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय २४ जना, कञ्चनपुरमा ७५, डडेल्धुरामा ३९, डोटीका ४२, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने ५२ जना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट तीन सय ५२, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५, दाङ र टिचिङ अस्पतालको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।

चर्चामा

सम्बन्धित समाचार