बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमका १५ अस्पतालमा कोरोना आशंकामा भर्ना भएका ३३४ जना डिस्चार्ज

सुदूरपश्चिमका १५ अस्पतालमा कोरोना आशंकामा भर्ना भएका ३३४ जना डिस्चार्ज

  • शुक्रबार, जेष्ठ ३०, २०७७
सुदूरपश्चिमका १५ अस्पतालमा कोरोना आशंकामा भर्ना भएका ३३४ जना डिस्चार्ज

धनगढी — सुदूरपश्चिमका बिभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका तीन सय ३४ जना डिस्चार्ज भएका छन्। प्रदेशभरीका १५ वटा अस्पतालबाट अहिले सम्म तीन सय ३४ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालबाट सबैभन्दा बढि एक सय २१ जनालाई डिस्चार्ज गरएको छ। यस्तै बयालपाटा अस्पतालबाट ४४, डडेल्धुरा अस्पतालबाट ३०, डोटी जिल्ला अस्पताल र महाकाली अस्पतालबाट २७÷२७ जनालाई डिस्चार्ज गरिएको छ। जिल्ला अस्पताल अछामबाट १९ र जिल्ला अस्पताल बझाङबाट १८ जना डिस्चार्ज भएका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका टीकापुर अस्पतालबाट १४, जिल्ला अस्पताल बैतडीबाट १० जना, जिल्ला अस्पताल बाजुराबाट ८ जना, गोकुलेश्वर अस्पतालबाट र भजनी स्वास्थ्य केन्द्राबाट ५/५ जना, चौमला स्वास्थ्य केन्द्रबाट तीन जना, जोगबुढा अस्पतालबाट २ जना र कोल्टी स्वास्थ्य केन्द्रबाट एक जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन्।

उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ। निर्देशनालयका अनुसार अहिले प्रदेशभरी २८ जना शंकास्पद र ९३ जना संक्रमितको आईसोलेसनमा उपचार भईरहेको छ

चर्चामा

सम्बन्धित समाचार