• होमपेज
  • समाज
  • पुजा देवकोटा का बुवा घर फर्किए, पुजाको अनुहारमा हासोँ

पुजा देवकोटा का बुवा घर फर्किए, पुजाको अनुहारमा हासोँ

  • मङ्लबार, जेष्ठ २७, २०७७
पुजा देवकोटा का बुवा घर फर्किए, पुजाको अनुहारमा हासोँ

 

गोबिन्द सोडारी, टिकापुर : एक समयकि भाईरल बाल गायिका पुजा देवकोटाका बुवा घर फर्किनुभएकोछ । करिव पाँच बर्षदेखि सम्पर्क बिहिन भएका पुजाका बुवा विश्वभरि कोरोनाको प्रकोप चलिरहेका बेला घर आएकाहुन् । लम्कि मल्टिपल क्यापसमा १४ दिन करेन्टाईनमा बसेर हिजो मात्रै पुजाका बुवा घर आईपुगेकाछन् ।

भारतको हिमाञ्चल प्रदेशमा एउटा अार्मिको घरमा करिव पाँच बर्ष देखि काम गर्दै आएको थिए पुजाका बुवाले भन्नुभयो, कोरोनाको प्रकोपका कारण प्रदेशमा रहेका सबै नेपालिलाई काम गर्ने ठाँउ बाट घर पठाईदिएपछि उनी पनि घर आएको बताउछन् । यति बर्ष सम्म कहाँ हराउनु भएको थियो ? के यी साना नानि बाबुको माया लागेन ? भन्ने प्रश्नमा उहाँले माया लाग्थ्यो तर लागेर के गर्नु म संग मोबाइल पनि थिएन र नजिकै कोहि नेपालिहरु पनि नभएका कारण घरमा सम्पर्क हुन सकेन उनले भने ।

बुवा ५ बर्ष पछि घर फर्किएपछि पुजा लगाएत सबै परिवारमा खुसिको माहोल देखिन्थ्यो तर अामाको अनुहार भने निराश देखिन्थ्यो । ५ बर्षको बसाइपछि घर फर्किएका पुजाका बुवाले एक जोर लुगा मात्रै लिएर आएको पुजाकि आमा बताउनुभयो । उहाले कुरा थप्दै भन्नुभयो बाबू खराव बानिका कारणले उहाले केहि कमाउनुहुन्न सधैको यस्तै हुन भन्दै भावुक हुनुभयो । टिनले छाएको घर छ घरमा खाउ भने केही छैन श्रीमानको हालत यस्तो छ के गर्ने यस्तै छ पुजाकि आमाले थप्नुभयो ।

हेरौ पुजा देवकोटा र उनका बुवा अामा संग गरिएको कुराकानि ।

चर्चामा

सम्बन्धित समाचार