मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • शुक्रबारको मौसम पूर्वानुमानः कुन प्रदेशको मौसम कस्तो ?

शुक्रबारको मौसम पूर्वानुमानः कुन प्रदेशको मौसम कस्तो ?

  • शुक्रबार, जेष्ठ २३, २०७७
शुक्रबारको मौसम पूर्वानुमानः कुन प्रदेशको मौसम कस्तो ?

मौसम पूर्वानुमान महाशाखाले आजको सातै प्रदेशको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग”चक्रवात कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

यसैगरी, देशका विभिन्न प्रदेशमा हाल सामान्यदेखि पूर्ण बदली भइरहेको महाशाखाले उल्लेख गरेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश ५ का अधिकांश भागमा मध्यम वर्षा भइरहेको छ ।

यस्तै, शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा पूर्ण बदली हुने सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ । बाँकी भागहरुमा भने मौसममा सामान्य बदली रहनेछ ।

यता, प्रदेश ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेशमा भने हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति, प्रदेश २, प्रदेश ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य बदली रहनेछ। यस्तै, प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ को पूर्वी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५को बाँकी भूभागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार