मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाज
  • नाै जना भीआईपी जुवाडेमाथि ५ दिनको म्याद थप

नाै जना भीआईपी जुवाडेमाथि ५ दिनको म्याद थप

  • मङ्लबार, जेष्ठ २०, २०७७
नाै जना  भीआईपी जुवाडेमाथि ५ दिनको म्याद थप

काठमाडौं — काठमाडौंको कमलादीस्थित एक होटलबाट पक्राउ परेका ९ भीआईपी जुवाडेमाथि ५ दिनको म्याद थप भएको छ । सोमबार पक्राउ परेका उनीहरुलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार उपस्थित गराएकोमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको म्याद दिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहालले जानकारी दिए । लकडाउनको बेला जुवा खेलिरहेको विशेष सूचनाको आधारमा खटिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा व्यापारीहरु अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, गाविन्द सरिया, रामचन्द्र संघाई लगायत रहेका छन् । लकडाउनको क्रममा जुवा खेल्ने उनीहरुको साथबाट २ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु सबैलाई हाल दरबारमार्गस्थित हिरासतमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार