सारा देश एमसीसी को बिरोध गर्दैछ तर सरकारले त्यसैलाई पारित गराउँन जोड लगाएकोछ।थोरै धनको लोभमा आफ्नो मात्रृत्व भुमि लाई दाउँमा राख्नु लाई राष्ट्र घाति पाईलो नै भन्नु पर्छ।
खास गरेर साम्राज्यावादले जुन देशमा जनताले आमुल परिवर्तन रोजेका हुँन्छन र त्यो प्राप्तिका लागि शंघर्ष गरेका हुँन्छन।उनिहहरु (प्रतिकृयावादी हरु)ले जनताको आन्दोलनमा आफ्ना एजेन्ट घुसाएर उनिहरु लाई जनताको बिस्वाशिलो पात्र बनाउँन चर्का चर्का र अतिरञ्जित नाराहरु लगाएर नेतृत्वमा पुराउँछन वा नेतृत्वमा पुगेका औसरवादी छदम भेसिहरुलाई आफु तिर तान्छन र पुरै आन्दोलनलाई गनतब्य हिन पार्दिन्छन।यो खेल ईतिहाशमा जुँन देशमा कम्युनिष्ट क्रान्तिकारीहरु ले त्यँहाको ब्यबस्था को बिरुद्धमा आन्दोलन गरे त्यहि भित्रबाट त्यो आन्दोलनको घाँटी रेट्ने काम गरिएको प्रस्ट देखिन्छ।
नेपालको ईतिहाशमा पनि त्यस्तै भ्रान्तिहरु हुँदै आएकाछन भन्ने कुरा अहिलेको एम सीसी पारीत गर्ने कसरत गरेका हरुको बिगतको ईतिहाश हेर्दा प्रष्ट हुँन्छ।
प्रतिकृयावादी हरुलाई यस बाट मुख्य दुईप्रकारको फाईदा हुँन्छ एउटा तिरले दुईवटा सिकार गर्ने दाउँमा हुँन्छन।प्रथम कम्युनिष्ट को बिउ समेत खतम पार्ने आर्को आफ्नो नीति लागु गर्ने।
कम्युनिष्टहरु बाट राष्ट्र घाति जन घाति कामहरु गराएपछि प्रतिकृयावादी को त्यो दुबैकाम पुरा हुँन सक्छन।
२०२८सालका झापा बिद्रोहिहरु लाई त्यो बेला देखि नै उपयोग गर्दै आए उनिहरु बाट नयाँ जनवादमा आकार्मण गरेर बहुदलिए ब्यबस्था लाई नै नयाँ जनवाद को बेच भिराए,टनक पुरको शंधिलाई उनिहरुकै हात बाट गराए।अहिले एम सीसी लाई २०५२सालमा नयाजनवादी क्रान्ति गर्ने भनेर दशबर्ष सम्म सशस्त्र शंघर्ष गरेका र उनै झापा बिद्रोहीहरु दुबै शक्तिको सहयोगमा अंग्रेज साम्राज्यावादी हरु देश भित्रिनेछन।हिँजो माओवादीले जस्लाई प्रतिकृयावादी को बेच भिराएका थिए उनै सँग पार्टि एकता भयो।कम्युनिष्ट आन्दोलन छिया छिया पारेर प्रतेक टुक्राहरुलाई बिस्तारै उपयोग गर्दै आएको नेपाली कम्युनिषष्ट आन्दोलनको सुरुवात देखि हो।पहिलो खलपात्र केसर जंग रायमाझि दरबरीया बनेर जिवन बितेए अर्का खलपात्र डा.बाबुराम भट्टराई जस्ले बिस्तारवादको ईसारामा आफुले सकेको बिप्पा लगायतका योगदान लगाउँदैछन।तर बाबुराम भट्टराईको मुहार उदाङ्गियो र जनताको दृष्टी बाट यति धेरै खसे अब उँनको भविस्य नेपालमा नजर आउँदैन।छिमेकोको दलालिमा उन्ले आफ्नो पिएच डि को डिग्रि लगाउँदै छन।
पूर्व झापाली हरु ले कम्युनिष्टको आबरणमा साम्राज्यावादीको पिछलग्गु बनेर आफ्नो राज नीति को खेल खेलेकाछन।उनि सँगै त्यो खेलमा पूर्व माओवादी प्रचण्डहरु ले आफ्नो भबिष्य देखेकाछन।हामिले सुरु देखि भन्दै आएको “उग्र वाम्पन्थी हरुको गनतब्य दक्षिण पन्थि दल दल हो”त्यो बारम बार पुष्टि हुँदै आएकोछ।बिभिन्न समयमा उग्रवामपन्थी भड्कावमा रहेकाहरुको एकताले संसारका कम्युनिष्टहरुलाई सजग बनाएकोछ।
अहिले दुई तिहाई बहुमत उनिहरुको छ तर पहिलेका सरकार भन्दापनि कम्जोर र असाय देखिन्छ।यदी दुबै पार्टी क्रान्तिकारी हुँन्थे भने यतिबेला एम सीसी भित्राउँने खेल हुँदैनथ्यो।अतिक्रमण भयको भुमि देशमा आउँथ्यो,असमान शन्धी र सम्झौताहरु छिमेकि सँग खारेज हुँन्थे।बिखण्डन कारी सँघियता खारेज हुँन्थ्यो देशमा जस्को जोत उस्को पोत हुँने थियो।बिदेशमा नारकिय जिवन ब्यातित गरेका युवाहरु देश भित्र आफ्नो सिप लगाउँने बाताबर्ण बन्थ्यो।तर अहिले देशभित्र काला पानी, लिपुलेख,लिम्पियाधुरा का मुद्धाहरु ओझेलमा पारियो एम सीसीलाई पारित गराउँन जोड लगाईँदैछ।यो राष्ट्र घाति पाईलो होईनर?
सबै आ-आफ्नो कुर्चि बचाउँन साम्राज्यावादको कट्पुत्ली बनेकाछन।जब ओलि जी को सरकार खतरामा थियो उन्ले जनताको आवाजमा आवाज मिलाएर कालापानी को भुभाग लाई नक्सामा राखे ,अब ओलिको सरकार बलियो बन्यो उनैले त्यो मुद्धालाई ओझेलमा पार्दै यहि बेला एम सीसीलाई पारित गराउँने सडयन्त्र गरेकाछन।आखिर हाम्रो देशलाई एमसीसी किन चाहियो?देशभित्रका डिफाल्टर सँग असुल गर्ने हो भने त्यो भन्दा धेरै रकम आउँछ।संघियता लाई खारेज गर्नेहो भने आठ सात गुणा खर्च बच्छ।अनि त्यसबाट देशको बिकाश गरेर देश आत्म निर्भर बन्छ।आखिर ओलि सरकारले त्यो बाटो किन रोज्दैन?अहिले जनतामा खड्किएको बिषय यहि हो।
एम सीसी बोर्ड आफ डारेक्टरको २०१७अगस्थमा बसेको बैठकले नेपाल लाई ५०अरबको अनुदान दिने निर्णाय गरेकोछ।एम सीसी र नेपाल सरकार बिच २०७४भाद्र२९गते(मिलेनियम च्यालेञ्जर कम्प्याक्ट)सम्झौता सम्पन्न भयको थियो।उक्त सम्झौतामा तत्कालिन अर्थ मन्त्रि ज्ञानेन्द्र बहादुर कार्की र अमेरिकाको एम सिसि क्रायाक्रम का प्रमुक कार्यावाहक कार्याकारी अधिकृत जोनाथन नाशले हस्ताक्षेर गरेकाछन।उक्त सम्झौतानुसार अमेरीकि सरकारले ५००मिलियन अमेरीकी डालर अनुदान दिने।नेपाल सरकारले१३०मिलियन अमेरीकि डाँलर बराबरको बिनियोजन गर्ने उल्लेखछ।यो नेपाली भुमिमा साम्राज्यावादको नाङ्गो नाच गर्ने छुट दिएको नै हो।
हामिले हाम्रै देशको लगानी बाट स-साना उद्दोग खोलेर देशभित्रका युवाहरुलाई रोजगार दिन र देशको बिकाश गर्न सक्छौ। हामि सँग देशमा यस्को लागि थुप्रै श्रोतहरु हुँदा हुँदै साम्राज्यावादलाई देशको चाबि दिनु कदापि सहन हुँन नसक्ने बिषय हो।सरकारलाई जनताले यो राष्ट्र घाति पाईलाको जोडदार जवाफ दिनेछन। सुरेशकुमार पान्डे।