मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • धनकुटामा ३ स्वाथ्यकर्मी, एक सुरक्षाकर्मीसहित ५ संक्रमित थपिए

धनकुटामा ३ स्वाथ्यकर्मी, एक सुरक्षाकर्मीसहित ५ संक्रमित थपिए

  • बुधबार, जेष्ठ ७, २०७७
धनकुटामा ३ स्वाथ्यकर्मी, एक सुरक्षाकर्मीसहित ५ संक्रमित थपिए

धनकुटा —  धनकुटामा ५ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटा अस्पतालमा सोमबार ८३ जनाको स्वाब संकलन गरी पठाइएको थियो । जसमध्ये ६६ जनाको रिपोर्ट आएको धनकुटा अस्पतालले जनाएको छ ।

रिपोर्टमा ४ पुरुष र १ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको र बाँकी १७ जनाको बुधवारसम्म रिपोर्ट आइसक्ने अस्पताले जानकारी दिएको छ।थपिएका नयाँ संक्रमित मध्ये ३ जना २४, २८ र २९ वर्षका स्वास्थ्यकर्मी, र ३७ वर्षका यसअघि संक्रमण पुष्टि भएकी स्वास्थ्यकर्मी परिवारका सदस्य र ३५ वर्षका सुरक्षाकर्मी छन् ।

धनकुटामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यस अघि जिल्ला अस्पताल धनकुटामा कार्यरत एक महिला स्वस्थ्यकर्मीलाई कोरोना पुष्टि भएको थियो । उनी अहिले विराटनगर स्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छिन् । उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको बताइएको छ ।

कोरोना पुष्टि भएसँगै संक्रमितलाई आइसोलेसन वार्डमा राखिएको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए। संक्रमितलाई वुधबार बिहान विराटनगर स्थित कोरोना विशेष अस्पतालमा पठाइने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार