मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाज
  • राजधानीबाट सेनाका पूर्वसहायक रथी र सशस्त्र प्रहरीका पूर्वएआईजी पक्राउ

राजधानीबाट सेनाका पूर्वसहायक रथी र सशस्त्र प्रहरीका पूर्वएआईजी पक्राउ

  • शनिबार, बैशाख २७, २०७७
राजधानीबाट सेनाका पूर्वसहायक रथी र सशस्त्र प्रहरीका पूर्वएआईजी पक्राउ

काठमाडौं । भारतले लिपुलेकस्थित नेपाली भूमि मिचेर चीनको मानसरोबर जाने सडक निर्माण गरेको विरोध गर्दा सुरक्षा निकायका दुई पूर्वअधिकारी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नेपाली सेनाका पूर्वसहायक रथी प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ रहेका छन् ।

भारतीय रवैयाको विरोध गर्दै सडकमा उत्रिएका बस्न्यात र श्रेष्ठलाई प्रहरीले शनिबार राजधानीको शंकपार्कबाट पक्राउ गरेको हो । उनीहरु दुवैलाई अहिले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ ।आजै लिपुलेकमा सडक बनाएको विरोधमा राजधानीको लैनचौर र माइतीघरलगायतका स्थानमा प्रदर्शन गर्ने ३ दर्जन बढीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार