बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • कैलालीमा श्रद्धान्जली सभामा ड्युटी गर्न जादै थिए हवल्दार, एम्बुलेन्स काल बनेर आयो

कैलालीमा श्रद्धान्जली सभामा ड्युटी गर्न जादै थिए हवल्दार, एम्बुलेन्स काल बनेर आयो

  • बुधबार, बैशाख २४, २०७७
कैलालीमा श्रद्धान्जली सभामा ड्युटी गर्न जादै थिए हवल्दार, एम्बुलेन्स काल बनेर आयो

धनगढी : कैलालीको गौरीगंगा नगरपालिकास्थित बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्ण भुसालको मृत्यु भएको १३ दिन पुगेको थियो। स्थानीय भुसालको रहश्यमय मुत्यु भएको भन्दै दैनिक आन्दोलनका कार्यक्रम गर्दै छानविनको माग गरिरहेका थिए।

१३ औँ दिनको पुण्यतिथीमा मसुरीयामा श्रद्धान्जली सभाको आयोजना गरिएको थियो। लकडाउनमा श्रद्धान्जली सभा गर्दा भीड बढ्ने भन्दै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ८ घर भएका सशस्त्र प्रहरीका हवल्दार गोरख वहादुर ऐर (३५ बर्षीय) लाई पनि उनी कार्यरत सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरले मसुरीयामा खटायो।

पहलवानपुरबाट मोटरसाईकलमा मसुरीया आईरहेका घोडाघोडी नगरपालिका वडा नम्वर १० का भरत बोहरलाई ऐरले लिफ्ट मागे। पूर्वपश्चिम राजमार्ग हुँदै मसुरीया आईरहेको बेला कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुर पुगेका थिए, विपरित दिशाबाट आईरहेको एम्बुलेन्सले ऐर सवार मोटरसाइकललाई ठक्कर दियो।

मोटरसाईकलको ठक्करबाट चालक बोहरालाई त सामान्य चोट लाग्यो तर मोटरसाइकलमा सवार ऐर भने गम्भिर घाईते भए। उपचारका लागि घोडाघोडी अस्पताल सुख्खड त पुगाईएको थियो तर गम्भिर घाईते ऐरलाई बचाउन सकिएन र उनी सधैको लागि अस्ताए।

१५ बर्षअघि सशस्त्र प्रहरीको जागिर सुरु गरेका ऐर ३५ बर्षको कलिलो उमेरमै अस्ताएपछि अहिले परिवार शोकमा छ। गोरखकी आमाको धेरै अगाडि मृत्यु भईसकेको थियो। बुवा पनि पाँच बर्ष अगाडि सबैलाई छोडेर सधैका लागि अस्ताएका थिए। गोरखकी श्रीमती सहित चार बर्षिय र ८ बषीय दुई छोरा छन्। तीन दाई मध्ये अहिले कैलालीमा दुई दाई बस्दै आएका छ।

उनको अहिले गोदावरी आर्यघाटमा दाहसंस्कार भईरहेको छ। दाहसस्कारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीका सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक भेषवहादुर शाह सहित ठूलो सङख्यामा सशस्त्र प्रहरीको पनि सहभागिता रहेको छ। उनी सवार मोटरसाईकललाई ठक्कर दिने एम्बुलेन्स र धनगढी उपमहानगरपालिका वडा नम्वर १० का चालक ५४ बर्षीय आशाराम चौधरीलाई ईलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिईसकेको छ। दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार