• होमपेज
  • समाज
  • ‘कोरोना संक्रमितलाई ‘कलंक’ नबनाइदिनुहोला’

‘कोरोना संक्रमितलाई ‘कलंक’ नबनाइदिनुहोला’

  • आइतवार, बैशाख ७, २०७७
‘कोरोना संक्रमितलाई ‘कलंक’ नबनाइदिनुहोला’

काठमाडौँ — नेपालकी दोस्रो कोरोनाभाइरस संक्रमित १९ वर्षीया युवती संक्रमणमुक्त भएर घर फर्किएकी छिन् । गत चैत ४ गते फ्रान्सबाट कतार हुँद नेपाल आएकी उनमा कोरोनाभाइरसको संक्रमण देखिएपछि गत चैत १० देखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत थिइन् । अस्पतालमा २७ दिन लामो बसाइपछि उनी शनिबार निको भएर घर फर्किएकी हुन् ।

डिस्चार्ज भएपछि अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उनले स्वस्थ बनेर घर फर्कन पाएको खुसी व्यक्त गरिन् । साथै, आफूलाई सामाजिक सञ्जाल तथा समाचारमा ‘कलंक’ को रुपमा प्रस्तुत गरिएकोमा दुःख व्यक्त गरिन् । उनले जनस्तर र मिडियाले ‘सुपर स्प्रेडर’ जस्ता शब्द प्रयोग गरेर कलंकका रुपमा प्रस्तुत गरिएकोमा आपत्ति जनाइन् । यसरी कोरोनाभाइरस संक्रमितलाई हेयको दृष्टिकोणले हेर्दा कोही संक्रमित छन् भने पनि उनीहरुलाई अगाडि आउन गाह्रो हुने जिकिर गरिन् ।

आफूमा कुनै लक्षण नदेखिएको भए पनि भियतनामको साथीमा लक्षण देखिएको कारण आफूले पनि परीक्षण गराएको र त्यसमा आफू पोजेटिभ पाइएको उनको भनाइ थियो । उनले भनिन्, ‘मलाई सुरुमा धेरै लक्षणहरु थिएन । घर आएको चौथो दिनमा सँगै आएकी भियनामको साथीमा कोभिड–१९ पोजेटिभ भएको थाहा पाएपछि म अस्पतालमा परीक्षण गराउन आएँ । दुई दिनपछि मेरो पनि पोजेटिभ आयो । म पनि नेपालको दोस्रो कोभिड–१९ पोजेटिभ भएँ ।’

अस्पताल आएको एक दुई दिनपछि मात्र लक्षण देखिन थालेको उनले बताइन् । उनले आफूलाई श्वास फेर्न अप्ठ्यारो हुने, पेट दुख्ने, थाकाई लाग्ने र खोकी लाग्ने लक्षणहरु देखिएको जानकारी दिइन् ।

उनले उपचारको क्रममा अस्पतालमा राम्रो सेवा पाएको बताउँदै उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिइन् ।

त्यस्तै, यस रोगको संक्रमण फैलिन नदिन सेल्फ आइसोलेनलाई कडाइका साथ पालना गर्न र संक्रमित भइ हाले पनि धैर्यताका साथ उपचार गराउन पनि आग्रह गरिन् । ‘श्वास फेर्न गाह्रो हुँदा अत्तालिने रहेछौँ तर धेरै नआत्तिनुहोला आत्मबल दह्रो बनाउनुहोला,’ उनको सुझाव थियो ।

उनी निको भएर फर्किने नेपालकी दोस्रो कोरोनासंक्रमित पनि हुन् । सञ्चारमाध्यमले कोरोना संक्रमितको नामसहित विस्तृत विवरण नदिनुहोला : स्वास्थ्य मन्त्रालय यता, कोरोना संक्रमित बिरामीहरुको नामसहितको विस्तृत विवरण प्रकाशन नगरिदिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

शनिवार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिरामीको मसहितको परिचय नखुलाइदिन आग्रह गरेका हुन् ।

विभिन्न सञ्चार माध्यमहरुमा कोरोना संक्रमित बिरामीहरुको नामसहितको पूरा विवरण प्रकाशन भएकाले त्यसले समस्या ल्याउने भन्दै त्यस्तो नगरदिन उनले आग्रह गरेका हुन् ।

त्यसैगरी देशभर भएको ¥यापिड टेष्टका क्रममा कतिपय स्थानमा पोजेटिभ रिपोर्ट देखिएको भन्दै त्यसलाई पिसिआर मेसिनका टेष्ट गर्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ । राताेपाटीमा याे समाचार प्रकाशन गरिएकाे छ

चर्चामा

सम्बन्धित समाचार