• होमपेज
  • समाज
  • सुदूरपश्चिममा हजारौँ बालबालिका ११ वटा खोपबाट बञ्चित

सुदूरपश्चिममा हजारौँ बालबालिका ११ वटा खोपबाट बञ्चित

  • बुधबार, बैशाख ३, २०७७
सुदूरपश्चिममा हजारौँ बालबालिका ११ वटा खोपबाट बञ्चित

धनगढी — कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले लागु गरेको ‘लकडाउन’ का कारण सुदूरपश्चिममा पनि खोप कार्यक्रम प्रभावित भएका छन्। सरकारले खोप कार्यक्रम स्थगीत गरेसंगै सुदूरपश्चिम प्रदेशका हजारौँ बालबालिकाहरु नियमित खोपबाट बंचित भएका हुन्।

खोपबाट बञ्चित भएसंगै भाइरल रोगहरुसँग लड्ने क्षमता समेत बालबालिकाहरुमा कम हुने स्वास्थ्यकर्मीहरुले बताएका छन्। गर्भवती आमालाई समेत खोप लगाइँदै आएकोमा अहिले उक्त खोप पनि बन्द गरिएको छ। भर्खरै जन्मिभएको शिशुलाई खोप लगाउन पटक–पटक अस्पताल पुगेका धनगढीका शतिस पाण्डेले भने, ‘जन्मिने वित्तिकै लगाउन पर्ने खोप पनि लगाईएको छैन्। पटक–पटक अस्पताल पुग्दा अहिले खोप स्थगीत गरिएको छ भन्दै फकाईन्छ।’

जन्मिएको १५ महिना सम्म बालबालिकाहरुलाई ११ खोप लगाउने गरिएको छ। विसिजी खोप जन्मनसाथ लगाइन्छ। यसलाई एक डोज लगाए पुग्छ । यसले क्षयरोग विरुद्ध काम गर्छ। यस्तै डिपीटी खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ। यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, हेमाफिलस बिबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ। पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ। एफआइपीभी खोप ६ हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ। सले रोटा भाइरसद्वारा हुने पखला बिरुद्ध काम गर्छ। पिसीभी खोप ६ हप्ता, १० हप्ता र ९ महिनाको उमेरमा दिइन्छ। यस्तै दादुरारुबेला, जेई, टीडी लगायतका खोप पनि लगाईन्छ। तर अहिले खोप बन्द छ। सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले पनि अहिले सबै खोप बन्द गरिएको बताए।

उनले संघीय सरकारको निर्णय अनुसार नै खोप बन्द गरिएको बताए। महाकाली अस्पतालका मेसु हरीकुमार श्रेष्ठले पनि अहिले सबै खोप प्रभावित भएको बताए। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले पनि कोरोना जोखिम न्यूनीकरणकै लागि खोप सञ्चालन गर्न नसकिएको बताए। ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रदेश हुँदै जिल्ला र पालिकासम्म खोपको वितरण गर्नुपर्ने भएकाले लकडाउनमा सम्भव छैन्। खोप लगाउन खोप केन्द्रमा बालबालिका जम्मा गर्नु पर्ने र सामाजिक दुरी समेत कायम राख्नु पर्ने भएकाले अप्ठेरो भएको हो।’ दिनेश खवरबाट।

चर्चामा

सम्बन्धित समाचार