बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • सेती अस्पतालमा अनिश्चितकालका लागि प्रसुती सेवा बन्द

सेती अस्पतालमा अनिश्चितकालका लागि प्रसुती सेवा बन्द

  • मङ्लबार, बैशाख २, २०७७
सेती अस्पतालमा अनिश्चितकालका लागि प्रसुती सेवा बन्द

धनगढी : सेती प्रादेशिक अस्पतालमा भोलीदेखि अनिश्चितकालका लागि प्रसुती सेवा बन्द हुने भएको छ। आज प्रादेशिक अस्पतालले सूचना जारी गर्दै भोलीदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रसुती सेवा बन्द हुने जानकारी दिएको हो।

प्रदेश सरकारले सेती अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरिसकेको र संक्रमितको उपचारका लागि थप शैया आवश्यक रहेकाले प्रसुती सेवा बन्द गरिएको अस्पतालद्वारा जारी सूचनामा भनिएको छ। यो अवधीमा आमा सुरक्षा कार्यक्रम लागु भएको धनगढीकै नवजिवन अस्पतालबाट सेवा लिन समेत आग्रह गरिएको छ। दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार