बाजुराको स्वामिकार्तिक गाँउपालिकामा एक सुत्केरी जिवन मरणको दोसाधमा रहेकि छन् । स्वामिकार्तिक गाँउपालिका १ साप्पाटा बस्ने ३५ बर्षिय सुपारि बिक जिवनमरणको अबस्थामा रहेकि छन् ।
आईतवार बिहाना ४ बजे घरमै मरेकाे बच्चा जन्माएकि सुपारिको साल, नाल यो समचार तयार पार्दा सम्म पनि आएको छैन् भने उनको पेटमा अर्को बच्चा पनि हुन सक्ने स्वास्थ्यकर्मीले वताएका छन् । साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज बिर्ज बिकले भने आफुहरुलाई दिउँसो १२ बजे मात्र जानकारी पाएको उनको अबस्था निकै जटिल रहेको वताए । उनको साल नाला पेटमै अट्किएको छ, अर्को बच्चा पनि हुन सक्ने बिर्ज बिकले वताए । गाँउपालिका र जिल्लामा खबर गर्नका लागि फोन नलागेका कारणले ४ बजे मात्र फोनको नेटर्वक आएपछि खबर गरेको वताए ।
पेटमा अर्को बच्चा भए नभएको अल्ट्रासाउन्ड बाट थाहा हुने भएपनी तर अर्को बच्चा हुन सक्ने स्वास्थ्यकर्मीले वताए । स्वामिकार्तिक गाँउपालिकामा अल्ट्रासाउन्डको सुबिधा नभएको स्वाथ्यकर्मीले वताए । बच्चा पेटमै मरेर आएको थियो, त्यसपछि लगातार रक्क्तस्राव भएको थियो, अहिले केही कम मात्र भएको बिर्ज बिकले वताए । सुपारि बिकको अबस्था जटिल भएको भन्दै गाँउपालिकामा ढिलो गरेर ४ बजे मात्र खबर आएको गाँउपालिकाका अध्यक्ष चिरिञ्जीवि शाहिले वताए । हेलिकप्टर बाट उद्धारका लागि प्रमुख जिल्ला अधिकारी सँग समन्वय भइरहेको उनले शाहिले वताए । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले भने ढिलो गरि खबर आएकोले आईतवार हेलिकप्टर उडन ढिला भएको बताए । अबस्था हेरेर भोली उद्धारका लागि पहल हुने प्रजिअ न्यौपानेले वताएका छन् ।
सुपारि बिका श्रीमान जनक बिक भारतमा रहेको छन् । उनि पनि भारतमा लकडाउनले अलपत्र रहेको आफन्तले वताएका छन् । सुपारि बिकका यो भन्दा पहिला चारवटा रहेका छन् । स्वामिकार्तिक गाँउपालिका १ मुक्तिकोट बाजुराको दुर्गम गाँउ हो, सदरमुकाम मार्तडी बाट तिन दिन पैदल दुरीमा रहेको छ । यो आर्थिक बर्षमा मात्र बाजुरा जिल्लामा अत्याधिक रक्तस्रावका कारणले पाँच जना सुत्केरीको मृत्यु भईसकेको छ । बाजुरामा महिलाहरु नियमित गर्भजाँच नगर्ने अझै पनि घरमै बच्चा पाँउने गरेका छन् ।