बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुरमा छोराद्वारा हसिया प्रहार गरी बुवाको हत्या

कञ्चनपुरमा छोराद्वारा हसिया प्रहार गरी बुवाको हत्या

  • आइतवार, चैत्र ३०, २०७६
कञ्चनपुरमा छोराद्वारा हसिया प्रहार गरी बुवाको हत्या

धनगढी:  कञ्चनपुरमा एक छोराले आफ्नै बुवाको हत्या गरेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–४ लालीगुराँस टोल निवासी २४ वर्षीय संगी रानाले आफ्नै ५५ वर्षीय बुवा चौला रानाको हसिया प्रहारगरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए।

प्रारम्भिक जानकारी अनुसार घरायसी विवादमा छोराले बुवामाथि हसिया प्रहार गरेको उनले बताए। अहिले छोरा संगीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ।

घटना स्थलमा समेत प्रहरीले अनुसन्धान गरीरहेको डिएसपी पौडेलले दिनेश खबरलाई जानकारी दिए। साभार

चर्चामा

सम्बन्धित समाचार