
बाजुरा २२ चैत्र– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बुढीगंगा नगर कमिटीले १० वटै वडामा कोरोना संक्रमण बारे सचेत गराउन माइकिङ अभियान संचालन गरेकाे छ । नगर भित्रका प्रत्येक बस्तीमा पुगेर कोरोनाको संक्रमणबाट बच्न र लक डाउनको नियम पालना गर्न आवश्यक सन्देश प्रवाह गर्न माइकिङ अभियान सञ्चालन गरेको हो ।
लक डाउनको नियम पालना गर्न किन आवश्यक, कोरोना संक्रमण के हो र कसरी बच्ने, सरसफाइ र सुरक्षित हुने उपाय बारे १० वटै वडाका टोल बस्तीमा पुगेर माइकिङ मार्फत सन्देश प्रवाह गर्न गरिएको नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले बताएका छन् ।
वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई प्रत्येक बस्तीमा पुगेर माइकिङगर्न लगाइएको छ । भने नगर कमिटी अध्यक्ष नरेन्द्र थापा, जिल्ला कमिटी सदस्य कृष्ण थापा सहीतको टोलीले जीप नै रिजर्व गरेर सडक सञ्जाल जोडिएका क्षेत्रमा पुगेर माइकिङ गर्ने गरिएको छ ।


