बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा कोरोना संक्रिमतको मृत्यु भएको अफवाह फैलाउने युवक पक्राउ

कञ्चनपुरमा कोरोना संक्रिमतको मृत्यु भएको अफवाह फैलाउने युवक पक्राउ

  • शनिबार, चैत्र २२, २०७६
सेयर गर्नुहोस् :
कञ्चनपुरमा कोरोना संक्रिमतको मृत्यु भएको अफवाह फैलाउने युवक पक्राउ

धनगढी : कोरोना भाइरस (कोभिड–१९) बारे सामाजिक सञ्जालमा अफवाह फैलाउने कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक जिल्लाको बेल्डाँडी गाउँपालिकाका गोपाल सुनारलाई पक्राउ गरेको हो। उनले सामाजिक सञ्जालमा गलत हल्ला फैलाएको भन्दै प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।

सुनारले महाकाली अस्पतालमा कोरोना भाइरसबाट एक जनाको मृत्यु भनेर फेसबुकमा अफवाह फैलाएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रबिन्द्र पौडेलले जानकारी दिए। सुनार १६ दिन अघि मात्रै भारतबाट नेपाल आएका थिए। #साभार

चर्चामा

सम्बन्धित समाचार