बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • समाचार
  • निगमको जहाज ग्वान्जाओमा, आज २० टन मेडिकल सामग्री चीनबाट आउँदै

निगमको जहाज ग्वान्जाओमा, आज २० टन मेडिकल सामग्री चीनबाट आउँदै

  • शुक्रबार, चैत्र २१, २०७६
निगमको जहाज ग्वान्जाओमा, आज २० टन मेडिकल सामग्री चीनबाट आउँदै

मेडिकल सामग्री ल्याउन नेपाल एयरलाइन्सको जहाज चीनको ग्वान्जाओका लागि उडेको छ। त्रिभुवन विमानस्थलका प्रमुख देवेन्द्र केसीका अनुसार जहाज बिहीबार बिहान ११ बजे काठमाडौंबाट उडेको थियो। उक्त जहाज केहीबेरअघि (नेपाली समयअनुसार २:५० बजे) ग्वान्जाओमा ल्याण्ड भएको छ।

केसीका अनुसार जहाज राति ११ बजेतिर २० टनजति मेडिकल सामग्री लिएर जहाज नेपाल आइपुग्नेछ। सामान ल्याउन यो जहाज काठमाडौंस्थित फ्ल्यास फ्रेट लजिस्टिकले बुकिङ गरेको हो। उक्त जहाजमा सिजी फाउण्डेसन, व्यावसायीक घराना शंकर ग्रुप, नर्भिकसहित केही निजी अस्पताललगायत ५० पार्टीको सामान रहेको फ्ल्यास फ्रेटका प्रमुख तथा प्रबन्ध निर्देशक थोमस मुर्रेले सेतोपाटीलाई बताए।

जहाजमा मेडिकल किट, पिपिई, मास्क, पञ्जा, थर्मोमिटर र भेन्टिलेटरहरू रहेको मुर्रेले जानकारी दिए। मुर्रेले आफूले ल्याउनु पर्ने मेडिकल सामग्री ग्वान्जाओमा अझै रहेको भन्दै नेपाल एयरलाइन्ससँग अप्रिल ८ वा १० का लागि अर्को जहाज पनि बुक गर्न कुरा गरिरहेको बताए।

उनले मेडिकल सामग्री देशमा चाँडो ल्याउन जहाजका सिटमा पनि सामग्री बोक्ने अनुमति नेपाल एयरलाइन्सले दिनु पर्ने बताए। ‘त्यसो भयो भने धेरै आवश्यक मेडिकल सामग्री मुलुकमा चाँडै आउँछ र कोरोनाविरूद्धको लडाइँ हामी प्रभावकारी रूपमा लड्न सक्छौं,’ उनले भने ‘एउटै जहाजमा जति धेरै सामान ल्यायो त्यति लागत पनि घट्छ। सामान सस्तो हुन्छ।’

त्यस्तो अन्तर्राष्ट्रिय प्रचलन रहेको पनि उनले बताए। आइकाओको नियमले पनि त्यसो गर्न मिल्ने उनले दाबी गरे। आफ्नो अन्तर्राष्ट्रिय पार्टनर जर्मनस्थित डिबी स्चेनकरले चीनको सांघाईबाट फ्र्याङफर्टसम्म केही समयअघि सिटमा पनि राखेर मेडिकल सामग्री लगेको उनले बताए।

‘कतिपय मेडिकल सामग्रीको आयतन मात्र धेरै हुन्छ, भार भने थोरै हुन्छ, त्यसैले सिटमा पनि राखेर ल्याउन मिल्छ,’ उनले भने, ‘सामान राख्ने ठाउँ र सिटमा पनि राख्दा धेरै सामग्री एकै पटकमा ल्याउन सकिन्छ।’

उनले लुफ्थान्सा एयरले सिटमा त्यसरी सामान राखेर लगेको फोटो पनि देखाए। आइतबार नेपाल सरकारले खरिद गर्ने भनिएको १० टन सामग्री ओम्नी इन्टरनेसनलले पहिलो लटमा ल्याएको थियो।

सो कम्पनीले थप सामान समयमा ल्याउन नसकेको भन्दै सरकारले बुधबार उसँगको सम्झौता रद्द गरेको थियो। ओम्नीले ल्याएको सामान धेरै महंगो भन्दै चौतर्फी आलोचना भएको थियो। सेताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार