• होमपेज
  • समाज
  • अछाममा करिब ४ हजार जना भित्रिए, ६४ मात्रै क्वारेन्टाइनमा

अछाममा करिब ४ हजार जना भित्रिए, ६४ मात्रै क्वारेन्टाइनमा

  • मङ्लबार, चैत्र १८, २०७६
अछाममा करिब ४ हजार जना भित्रिए, ६४ मात्रै क्वारेन्टाइनमा

अछाम : अछामका १० वटै स्थानीय तहले जिल्ला बाहिर तथा भारतबाट आएका नागरिकको तथ्यांक संकलन गरिरहेका छन्। जिल्लाको मंगलसेन, पञ्चदेवल बिनायक,साँफेबगर, कमलबजार नगरपालिका,बान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख, रामारोशन, तुर्माखाद,ढकारी र चौरपाटी गाउँपालिकाले संकलन गरेको तंथ्याकमा ३ हजार ८ सय ४६ जना भित्रिएका छन्।

चैत १५ गते जिल्ला कमाण्ड समितिको बैठकले सबैलाई तथ्यांक संकलन गर्न निर्देशन दिएपछि अछाममा बाहिरका जिल्ला, भारत तथा तेस्रो मुलकबाट आएका नागरिकको तथ्याक संकलन गरिएको हो ।

साँफेबगर नगरपालिकामा १४ वटै वडामा १ सय ४३ जना जिल्ला बाहिर तथा भारतबाट आएको तंथ्याक रहेको छ । उनीहरु सिधै घरपरिवारको सम्पर्कमा रहेका छन् । स्थानीय तहले बनाएका क्वारेन्टाइन बसेका छैनन् ।

मंगलसेन नगरपालिकामा १४ वटै वडाको तंथ्याकमा यस अवधिमा ८ सय ३२ जना भित्रिएका छन्।  जसमा सबैभन्दा धेरै वडा नम्बर १३ बस्तीमा १ सय ५६ र सबै भन्दा कम वडा नम्बर २ मिस्तुरुमा ५ जना रहेका मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले दिए ।

जसमा अंधिकाश भारतबाट आएका र केही व्यक्ति काठमाडौंबाट आएका उनले बताए । अहिले मंगलसेनको क्वारेन्टाइनमा ५३ जनालाई १४ दिनका लागी राखिएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा ५ सय २५ जना भित्रिएका छन । जसमा भारतबाट २ सय ९९ र जिल्ला बाहिरबाट २ सय २६ जना आएका गाउँपालिकाका अध्यक्ष राजेन्द्र खड्काले बताए ।

मेल्लेख गाउँपालिकामा यस अवधिमा भारतबाट मात्रै आएका नागरिकको तंथ्याक संकलन गर्दा ५ सय ७४ नागरिक आएका छन । गाउँपालिका ८ वटै वडामा ४ सय ६९ पुरुष, ७७ महिला र २८ जना बालबालिका आएका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मतबहादुर बुढाले जानकारी दिए।

उता रामारोशन गाउँपालिकामा १ हप्ताको अवधिमा १ सय ९८ नागरिक भित्रिएका तंथ्याक रहेको छ । ७ वटै वडाको तंथ्याकमा पुरुष १ सय ७८ जना र महिला २० जना रहेका गाउँपालिकाले जनाएको छ । यसैगरी पञ्चदेवल बिनायक नगरपालिकामा चैत ५ गते यता ८५ जना भित्रिएका छन् ।

जसमा ७८ परुष, ७ महिला रहेका नगरपालिकाले जनाएको छ । यसैगरी चौरपाटी गाउँपालिकामा ३ सय १० जना भित्रिएका छन् । ढकारी गाउँपालिकामा ५ सय ८७,तुर्माखाँद गाउँपालिकामा ३ सय ५६ र कमलबजार नगरपालिकामा २ सय ४३ जना जिल्ला बाहिर तथा भारतबाट भित्रिएका छन् ।

कमलबजारमा निषेधाज्ञा उलंघन गरी ११ जनालाई क्वारेन्टाईमा राखिएको छ । तुर्माखाद गाउँपालिका भित्रिएका ३ सय ५६ जना सबै भारतबाट आएका स्वास्थ शाखा प्रमुख एकेन्द्र वयकले बताए । उनले भने, ‘गाउँपालिकाले क्वारेन्टाइन बनाएको छ तर  कोही बस्नै मान्दैनन्, सुरक्षित घरमै बस्नु होला भनेका छौं,सम्झाउन र बुझाउनै गाह्रो छ । नियमित स्वास्थ परीक्षण भने गरिरहेका छौं।  याे खबर अन्नपुर्ण पाेष्टले लेखेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार