शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बलात्कार प्रयासको आरोपमा नेकपा प्रदेश सांसद रावल पक्राउ

बलात्कार प्रयासको आरोपमा नेकपा प्रदेश सांसद रावल पक्राउ

  • बिहिबार, फाल्गुन २२, २०७६
सेयर गर्नुहोस् :
बलात्कार प्रयासको आरोपमा नेकपा प्रदेश सांसद रावल पक्राउ

धनगढी — बलात्कार प्रयासको आरोपमा सुदूरपश्चिमका प्रदेश सांसद अक्कलबहादुर रावल पक्राउ परेका छन् । नेकपाका सुदूरपश्चिम प्रदेशसभाका सचेतक समेत रहेका रावल बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीमा हाजिर भएर प्रहरीको नियन्त्रणमा छन् ।

प्रहरीले बुधबार साँझ सेती प्रादेशिक अस्पतालमा सांसद रावलको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ।

धनगढीकी एक महिलाले आफूमाथि गत माघ २१ गते सांसद रावलले बलात्कार प्रयास गरेको दाबी गर्दै फागुन १४ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले बताए।

‘सांसद रावल आफैं उपस्थित भएका हुन्,’ डीएसपी बस्नेतले भने,‘बिहीबार म्याद थप भएपछि थप अनुसन्धान प्रकृया अघि बढ्छ।’

रावल अछाम क्षेत्र नम्बर २ को ‘ख’ बाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

चर्चामा

सम्बन्धित समाचार