• होमपेज
  • समाज
  • छोरी र बुवाको उपचार मात्र गरेन्न, घर लगाउने जग्गा समेत किनी दिए

छोरी र बुवाको उपचार मात्र गरेन्न, घर लगाउने जग्गा समेत किनी दिए

  • शनिबार, फाल्गुन १७, २०७६
छोरी र बुवाको उपचार मात्र गरेन्न, घर लगाउने जग्गा समेत किनी दिए

डोटिको महादेबस्थान गाँउपालिका ५ बस्ने पार्वती बोहोरा र उनका बुवा तारा बोहोराको उपचार सँगै घर लगाउने समेत जग्गा किनि दिएको छ । नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले काठमाडौ दुबै जनाको उपचार सँगै घर लगाउने जग्गा समेत किनि दिएको तारा बोहोराले वताएका छन् ।
२० बर्षकी पार्वतीको ४ बर्ष सम्म काठमाडौमा उपचार संस्थाले गरेको थियो । उपचार सँगै खान बस्न सबै ब्यबस्थापन गरेको थियो । उनका बुवा ताराको पनि मृगौलाको अप्रेसन गरेको थियो । बुवा र छोरीलाई सञ्चो समेत गरायौ, घर फिर्ता गर्ने बेला घर लगाउन जग्गा समेत नभएपछि गाँउमै घर लगाउने जग्गा किनि दिएको संस्थाका अध्यक्ष संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । सानो जग्गा पनि ४ बर्ष पहिले छोरी पार्वतीको उपचार गर्न काठमाडौ ल्याउन खोज्दा ४० हजारमा बिक्रि गरेको थिए, जग्गा थिएन् ३ लाखमा २ कट्टा जग्गा किनिदिएको खुशी हुदै ताराले वताए ।


पार्वतिको चार बर्ष पहिला पहिरोमा परेर दाँया खुट्टा धेरै ठाँउमा भाच्चिएको थियो । तत्काल नेपालगञ्ज उपचारमा ल्याएको थियो । नेपालगञ्जमा खुट्टा काट्नु पर्ने काठमाडौ लग्ने चिकित्सकले सुझाब दिएपछि सम्पत्तीमा रहेको एउटा सानो जग्गा ४० हजारमा बिक्रि गरेर काठमाडौ उपचारमा ल्याएका थिए । अप्रेशसन सुस्मा कोइराला मेमोरीयल हस्पिटलमा गरेको थियो, पार्वतिको २ बर्ष सम्म फलामको रड राखेको थियो । काठमाडौमा भने खुट्टा नकाटेर उपचार गरिएको थियो । ताराले छोरीको उपचार गर्न नसकेपछि बिभिन्न ठाँउमा हारगुहार गरे, अन्तमा नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले काठमाडौले उपचारमा सहयोग गरेको थियो ।


छोरीको उपचार सँगै ताराको पनि एउटा मृगौलाले काम गर्न छोडेपछि उनको अप्रेशन र उपचार पनि संस्थाले गरिदिएको थियो । ४ बर्ष सम्म लगातार पार्वतिको र उनका बुवाको पनि मृगौलाको उपचार गरयौ, अन्तमा घर जाँदा बस्ने घर समेत नभएपछि बिभिन्न सहयोगिहरुको सहयोग मार्फत घर लगाउने जग्गा समेत किनेर दिएको संस्थाका अध्यक्ष बस्नेतले वताएका छन् । ताराको श्रीमति १० बर्ष देखी दमको रोगले थला परेकी छन्, उनि अहिले जेठी छोरीको पोइली घरमा बसीरहेकी छन । ताराका तिन छोरी मध्ये दुई छोरीले बिहे गरीसकेकी छन् भने पार्वति सञ्चो भएर भर्खर घर फर्केकी छन् । नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले काठमाडौले बर्षौ देखी आर्थिक अभाबमा अलपत्र परेका बिरामीको उपचारमा सहयोग गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार