बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • १ सय ५२ छाउगोठ भत्काइयो अछाममा

१ सय ५२ छाउगोठ भत्काइयो अछाममा

  • बिहिबार, पुस १७, २०७६
१ सय ५२ छाउगोठ भत्काइयो अछाममा

अछाम जिल्लाका विभिन्न स्थान रहेका १ सय  ५२ वटा छाउगोठ भत्काइएका छन्।  प्रहरी, जनप्रतिनिधि, समाजसेवी तथा आमा समुहको संयुक्त टोलीले ती छाउगोठ भत्काएका हुन।

जिल्लाको तुर्माखाद गाउँपालिका– ६ ढाडेमा १० वटा, वडा नम्बर ७ तोसीमा कमलबजार नगरपालिका– ३ बयालामा ९, पञ्चदेवल विनायक नगरपालिका– ९ बल्तडा र तितडा टोलमा २६, तुर्माखाद गाउँपालिका –५ नाडामा १५, ढकारी गाउँपालिका –सेरामा १५, तुर्माखाद गाउँपालिका– १ रहफमा २५, रामारोसन गाउँपालिका–  ३ पसेला टोलमा २६ र साफेबगर नगरपालिका– ८ मा २२ गरी जम्मा १ सय ५२ छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। छाउपढी गोठहरु भत्काउनुका साथै  छाउपढी प्रथा अन्त्य गर्न छाउपढी गोठहरु भत्काउने सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरीएको ।

चर्चामा

सम्बन्धित समाचार