शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • कमाउन गएका बाजुराका पुर्णवीर नेपालीको दुबैइमा हत्या

कमाउन गएका बाजुराका पुर्णवीर नेपालीको दुबैइमा हत्या

  • शनिबार, पुस १२, २०७६
कमाउन गएका बाजुराका पुर्णवीर नेपालीको दुबैइमा हत्या

गोरख सार्की
हिमाली गाँउपालिका ७ बस्ने पुर्णवीर नेपालीको दुबैइमा हत्या भएको छ । कमाउन गएका पुर्णवीरको एकसाता पहिला दुबैइमा हत्या भएको उनका आफन्तले वताएका छन् ।
पुर्णवीर कम्पनिले दिएको कोठामा बस्दै आएका थिए । राति ट्यालेट जाने क्रममा ढोकामा हत्या गरेर उनलाई फालिएको अबस्थामा भेटाइएका थिए । मृतक सँगै एउटै कम्पनिका काम गरिरहेका रामलाल बिकले भने साँझ एउटेै कोठामा खाना खाएका थियौ, उनि बाहिर चर्पी आएका थिए, तर उनि मृतक अबस्थामा फेला परेको उनको वताए । उनलाई धारीलो हतियार प्रहार गरि हत्या भएको हुन सक्ने उनले वताएका छन् ।
उनको हत्या भएको १ साता भएपनि उनको लाश दुबैइमा नै अलपत्र रहेको छ, अहिले सम्म लाश नेपाल ल्याउन सकेका छैनन् । बाजुराको हिमाली गाँउपालिका ७ बस्ने मोहनलाला बिक, सोही वडाका ललिजगं शाहि र ६ बस्ने गणेश नेपालीलाई दुबैइ प्रहरीले समातेर अनुसन्धान गरिरहेको दुबैइ बाट रामलाल बिकले वताए ।
मृतक पुर्णवीर नेपाल बाट दुई बर्ष पहिले डेल्टा प्रालि म्यानपावर मार्फत दुबैई पुगेका थिए । दुबैईको चाईना डेस्टाट कम्पनिमा काम गदै आएका थिए । दुबैइ प्रहरीले अहिले छानमिन भईरहेको बताएको छ । मृतक पुर्णवीरकि श्रीमति बिजसरा नेपाली लाश नेपालमा ल्याउन पहलका सदरमुकाम मार्तडी पुगेकी छन् । उनले रुदै भक्कानिदै भनिन मृत्यु भएको खबर आएको एक हप्ता भयो, नेपालमा लाश ल्याउने सरकारले कुनै पहल गरेको छैन्, आफुलाइ कसरी मगाउने कुनै उपायनै नभएको वताईन् ।
मुत्यक का बुबा ऐभान नेपाली पनि छोरो को लास कसरि नेपाल ल्याउने कुनै अत्वपत्व नभएको बताउन्छन, हाम्रो लागि को निकायले सहयोग गर्लान दुख मा साध दिने र बिदेशमा कि लास कि त सास ल्याईदिने निकायको खोजिमा रहेको बताएका छन । ऐभानले थपे घटना कसरी भयो कसले गर्याे, केही जानकारी नभएको वताए । कम्पनि मा काम गरिरहेका रामलाल बिकले भने अचानक दुख घटना घट्यो, कोठाको ढोका नजिकै ढलिरहेको देख्ने बितिकै अस्पतालमा लिईदालिदै अस्पताल ले मुत्यक घोषणा गरेको हो, अहिले प्रहरीले अनुसधान गरिरहेको वताए ।

चर्चामा

सम्बन्धित समाचार