• होमपेज
  • बाजुरा बिशेष
  • अधिकांश सवारी चालकमा उच्च रक्तचाप

अधिकांश सवारी चालकमा उच्च रक्तचाप

  • मङ्लबार, पुस ८, २०७६
अधिकांश सवारी चालकमा उच्च रक्तचाप

प्रेम रौले
बाजुरा ८,पुस– यहाँस्थित लामो तथा छोटो दुरीमा चल्दै आएका विभिन्न यातायाताका सवारी चालक र सह चालकको रक्तचाप चेकजाँच कार्य सोमबारबाट सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । रक्तचाप जाँच गरिएका मध्ये अधिकांश चालकहरुको उच्च रक्तचाप रहेको स्वास्थ्यकर्मीले बताएका छन् । छड्के रुपमा सवारी चालक र सह चालकको स्वास्थ्य चेकजाँच हुने भएको हो ।
बाजुराबाट धनगढी,महेन्द्रनगर र नेपालगञ्जमा चल्ने सवारी साधनका तथा बसका चालक र सह चालकहरुको रक्तचाप चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धबसिं भाटले बताए ।
सडकमा हुने सवारी दुर्घटना न्युनिकरण तथा सवारी चालकको रक्तचापको अवस्थाका बारेमा बुझ्नका लागि सो कार्यको थालनी गरेको बताउनु भयो । सवारी दुर्घटना रोक्नका लागि जिल्ला कारागार नजिकै रहेको बसपार्क र यात्रामा जान लागेका बसका चालक र सह चालकलाई सडकै जिल्ला अस्पताल बाजुरा स्वासथ्यकर्मीले चेकजाँच गरेको हो ।
लामो दूरीका सवारी साधन बस चलाउनका लागि स्वस्थ चालकले नै सुरक्षित रुपमा सवारी साधन चलाउन सक्ने हुँदा भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराको आयोजनामा सवारी चालकहको स्वास्थ्य परीक्षण गरिएको ट्राफिक जनक दानीले जानकारी बताएका छन् ।
उहाँले दिएको जानकारी अनुसार सडक दुर्घटना न्यूनीकरण गर्न सवारी चलाउने चालकहरुको स्वास्थ्य परीक्षण र सवारी चालकले सिट भन्दा बढी क्षमतामा यात्रु राख्ने लगायतका कार्यको निगरानी गर्न स्वास्थ्य परिक्षण सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी दानीले बताएका छन ।
सार्वजनिक तथा निजि यातायातका सवारी चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण समेत गरिएको छ । सवारी दुर्घटना हुने कारणहरु र सवारी हुनबाट जोगिने उपायहरुका बारेमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरी दानीको भनाई रहेको छ ।
जिल्ला अस्पतालका बाजुराबाट स्वास्थ्यकर्मीहरुको टिम र जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मीहरुको टिम सहभागी भई स्वास्थ्य परिक्षण गर्ने गरिएको छ । हरेक दिन निजी तथा सार्वजनिक यातायातका ३२ जना चालक र सहचालक स्वास्थ्य चेकजाँच गरिदै आएको छ । चेकजाँचको क्रममा अधिकांश चालकहरुको उच्च रतmचाप बढी देखिएको छ ।
सडक दुर्घटना न्युनीकरणका लागि बेला बेलामा चालक सह चालक, र यात्रुहरुसंग छलफल,यात्रुका गुनासो समेत सुन्ने गरेको ट्राफिक प्रहरी दानीको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार