• होमपेज
  • समाज
  • छाउगोठमा राख्न प्ररेति गरेको भन्दै जेठाजु प्रक्राउ

छाउगोठमा राख्न प्ररेति गरेको भन्दै जेठाजु प्रक्राउ

  • शुक्रबार, मंसिर २०, २०७६
छाउगोठमा राख्न प्ररेति गरेको भन्दै जेठाजु प्रक्राउ

प्रकाश सिंह
अछामको साफेबगर नगरपालिका ३ सिद्धेश्वर २१ वर्षीया पार्वति बुढा रावतको छाउ गोठमा मृत्यु पछि उनका जेठाजुलाई अछाम प्रहरीले प्रक्राउ गरेको छ । मृतकको घर परिवारको मुख्य अभिभावक मृतककै जेठाजु छत्र रावत भएकोले प्रहरीले उनलाई प्रक्राउ गरि छानबिन शुरु गरेको डिएसपी जनक बहादुर शाहिले वताएका छन् ।
उनले आफ्नै भाई बुहारीलाई महिनावारी भएका बखत छुट्टै छाउपडी गोठमा सुत्न पठाउने सहयोग गरेको भन्दै प्रहरीले प्रक्राउ गरेको हो । मुलुकी अपराध संहिता २०७४ को दफा १६८ उपदफा (३) बमोजिमको कसुर गरेको अभियोगमा निजलाई भेदभाव तथा अन्य अपमानजन्य व्यबहार कसुर शिर्षकमा प्रहरी प्रतिवेदनले अछाम जिल्ला अदालतमा मुद्धा दर्ता समेत गरेको छ । अछाम जिल्ला अदालत बाट पक्राउ अनुमती लिई निज छत्र रावतलाई पक्राउ गरेर हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले छाउगोठमा राख्न प्रेरित गरेको भन्दै पहिलो पटक यसरी मुद्धा चलाएको छ । यो भन्दा पहिला अछाममा यस्ता घटना भएपनि कसैलाई प्रक्राउ गरेको थिएन् । मंसिर १५ गते राती पार्वती बुढा (रावत) महिनावारी भई छाउपडी गोठमा सुतेको अवस्थामा मृत्यु भएको थियो । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।
सर्वोच्च अदालतले २०६२ सालमा बैशाख १९ गते छाउपडि प्रथालाई कुरीति घोषणा समेत गरेको थियो । सरकारको निर्देशन पछि २०६४ सालमा कुरिति घोषणा गरेर छाउपडि प्रथा उन्मुलन सम्बन्धि निर्देशिका २०६४ समेत जारी गरेको थियो । छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ ।

चर्चामा

सम्बन्धित समाचार