• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराबाट डाक्टर महर्जनको बिदाई 

बाजुराबाट डाक्टर महर्जनको बिदाई 

  • शनिबार, मंसिर १४, २०७६
बाजुराबाट डाक्टर महर्जनको बिदाई 

जिल्ला अस्पतालमा कार्यरत एमडिजीपी डाक्टर दुर्गाराज महर्जनको विदाई गरिएको छ । आज बाजुरा जिल्ला अस्पतालले एक भव्य कार्यक्रमको आयोजना गरेर डाक्टर महर्जनको विदाई गरेको हो । डाक्टर महर्जन वि.स. २०७३ साल मंसिर १८ गतेबाट बाजुरा जिल्ला अस्पतालमा मा आउनुभएको थियो । निक साइमन्स इन्स्टिच्युटसँगको सम्झौता अवधि सकिएपछि डाक्टर महर्जनको विदाई गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । निक साइमन्स इन्स्टिच्युटसँगको सम्झौतामा बाजुरामा आएका डाक्टर टिकाराम राईको यस अघि कार्तिक ६ गते विदाई गरिएको र डाक्टर दुर्गाराज महर्जनको आज बाजुरा जिल्ला अस्पतालबाट विदाई गरिएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन् । डाक्टर महर्जनले बाजुरामा आएर यहाँका हजारौं विरामीहरुको स्वास्थ्य सेवामा दिनरात नभनि खटिएर उपचार सेवा दिनुभएको थियो । उहाँले जिल्ला अस्पतालमा मात्रै नभई जिल्लाका अति दुर्गम मानिएका स्थानहरुमा समेत पुगेर गरिव, दीनः दुखी र निमुखा जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गनुृभएको थियो । महर्जनले बाजुरामा रहँदा यहाँका स्थानीयहरुका जटिल खालका अप्रेशन समेत गरेर विरामीहरुको ज्यान जोगाउनुभयो । दैनिक अस्पतालमा आउने विरामीहरुका लागि भगवान सावित बनेका डाक्टर महर्जनले विरामीहरुका लागि रोग अनुसार मझौला अप्रेसन, मेजर अप्रेसन, हाइड्रोसिल आन्द्राको अप्रेसन, एपेण्डिसाईड, पायल्स, हात– खुट्टाको अप्रेशन, अत्यन्तै जटिल खालका विरामीहरुको उपचार, महिलाहरुको स्त्री रोग पेटसम्वन्धि रोग लगायतका उपचार सेवाहरु दिन डाक्टर महर्जन सफल हुनुभएको थियो । बाजुराबासीका लागि ३ वर्ष अघिसम्म सामान्य खालको शल्यक्रिया गर्नका लागि पनि धनगढी, नेपालगञ्ज, काठमाण्डौ वा भारतका विभिन्न शहर धाउनु पथ्र्यो । दुर्गमका महिलाहरुमा पाठेघरमा मासु पलाएका र पाठेघर बिग्रिएर फाल्नुपर्ने अवस्थामा पुगेका तर खर्चको अभावमा रोग पालेर बस्न बाध्य भएका सयौं बढी महिलाहरूको शल्यक्रिया समेत गरेर बाजुरामै जयान बचाएका थिए । दैनिक अस्पतालमा आउने विरामीका डाक्टर मात्र नभई भगवान सावित बनेका महर्जनको एक्कासी बाजुराबाट विदाई भएपछि यहाँका विरामीहरु चिन्तित बनेका छन् । जिल्ला अस्पताल भित्रै गरिएको विदाई समारोहमा अस्पतालका स्वास्थ्यकर्मीहरु र स्थानीय विरामीहरु समेत भावुक बनेका थिए । जिल्ला अस्पताल बाजुरामा रहँदा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुको सहयोगमा धेरै विरामीहरुलाई सहजै स्वास्थ्य सेवा प्रदान गर्ने अवसर मिलेकोे महर्जनले विदाई कार्यक्रममा बताउनुभयो । विदाई कार्यक्रममा बोल्दै बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले डाक्टर महर्जनले बाजुरा जस्तो दुर्गम क्षेत्रमा आएर यहाँका गरिव दुखी विरामीहरुको स्वास्थ्य सेवामा उल्लेख्य भुमिका खेलेको प्रति प्रशंसा समेत गर्नुभयो । त्यस्तै जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाले डाक्टर महर्जनले बाजुराका विरामीहरु प्रति दिनरात नभनि दिएको सेवा कहिल्यै विर्सिन नसक्ने प्रतिक्रिया दिनुभयो । जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाको अध्यक्षतामा संचालन गरिएको विदाई समारोहमा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्मा लगायत स्वास्थ्यकर्मी, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।

नँया कार्य समितिको पदभार ग्रहण ।

जिल्ला अस्पताल बाजुरामा आजै नँया व्यवस्थापन समितिले पदभार ग्रहण गरेका छन् । सामाजिक विकास मन्त्रालयको सुदुरपश्चिम प्रदेशको मंसिर ४ गतेको निर्णय अनुसरा अस्पताल व्यवस्थापन समितिमा चयन भएका व्यवस्थापन समितिका पदाधिकारीले आज पदभार ग्रहण गरेका हुन् । जिल्ला अस्पताल बाजुराको अध्यक्षमा नेकपाका नेता भरत थापा चयन हुनुभएको थियो । आज जिल्ला अस्पताल बाजुराका व्यवस्थापन समितिका सम्पुर्ण पदाधिकारीहरुले पदभार ग्रहण गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार