शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खाद्यअधिकारका सवालमा छलफल

खाद्यअधिकारका सवालमा छलफल

  • शुक्रबार, कार्तिक २९, २०७६
खाद्यअधिकारका सवालमा छलफल

संगीता तिमिल्सेना — बाजुराका खाद्य अधिकारका सवालमा छलफल गरिएको छ । जिल्ला खाद्य अधिकार संजाल बाजुराको आयोजनामा जिल्ला स्थित नागरिक अगुवाहरुको सहभागितामा खाद्य अधिकारका सवालमा छलफल गरिएको हो । खाद्य अधिकारका सवालमा संजालका क्षेत्रीय कार्यक्रम प्रबन्धक सुरेश गौतम, लेखा अधिकृत विनोद पाण्डेले बाजुरामा उठान गर्नुपर्ने खाद्य अधिकारका सवालमा छलफल गर्नुपर्ने विषयबस्तुहरुका संकलन गर्नुभएको थियो भने जिल्ला सिथत नागरिक अगुवाहरुले बाजुरा जिल्लामा खाद्य अधिकार संजालले मुक्त हलियाको पुनस्थापना गर्न, खलिया प्रथालाई व्यवसायकि कृषिक्षेत्रलाई बिस्तार गर्न, बजारको मुल्य निर्धारणाका लागि के गर्न सक्छ भन्ने विषयमा छलफल गरेको छ भने बाल अधिकार संजालले यी सवालहरुलाई कार्यान्वयनका लागि सम्पुर्ण स्थानिय तहमा खाद्य अधिकार संजाल गठन गर्ने निर्णय समेत गरेको जिल्ला अध्यक्ष मदनराज जोशीले बताउनुभएको छ । जिल्ला खाद्य अधिकार संजाल बाजुरा अध्यक्ष मदनराज जोशीको अधयक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीय कार्यक्रम प्रबन्धक सुरेश गौतम, रहनुभएको थियो भने विशिष्ट अतिथि लेखा अधिकृत विनोद पाण्डे रहनुभएको थियो । जिल्ला स्थित खाद्य अधिकार संजालमा सम्वद्ध नागरिक अगुवाहरुको पनि सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार