संगीता तिमिल्सेना, बाजुरा १६ कार्तिक — यही कार्तिक २० र २१ गते संचालन हुने आलु मेलामा एक हजार क्वीन्टलको आलुको पहाड बनाएर प्रर्दशन गरिने भएको छ । व्यवसायिक तथा अर्गानिक खेतीको पर्वद्धनका लागि वडिमालिका नगरपािलका–७ ढमकनेमा संचालन गरिने पहिलो आलु मेलामा स्थानियहरले उत्पादन गरेका १ हजार कुइन्टल आलुको पहाड बनाएर पर्दशन गर्न लागिएको हो ।
ढम्कने बाजुरा जिल्लाकै आलु पकेट क्षेत्र मानिन्छ यहाका प्रति घरदुरी १ हजार कुइन्टल आलु उत्पादन हुने स्थानिय कृषक वसन्त रोकायाले बताए । उनले भने आलु उत्पादन गरेर के गर्नु नजिक बजारनै छैन समस्या हुन्छ ।
त्यहाँका खेतियोग्य जमिन छैन त्यँहाका स्थानियहरुले प्रायजसो आलु खेती नै गर्ने गरेका छन् । तर बजार क्षेत्रबाट आलु उत्पादन हुने क्षेत्र करिब ४ घण्टाको पैदलदुरी टाढा रहेको छ । ढम्कनेमा प्रयाप्त मात्रामा आलु उत्पादन हुने भएपनि त्यसले बजार नपाउँदा त्यहाँका किसानहरु आलु मुल्य पाउनबाट बञ्चित भएका छन् । सो कुरालाई मध्यनजर गर्दै पर्वद्धनका लागि वडा नं ७ ढम्कनेमै स्थापना भएको कृषि सहकारी संस्थाले आलु मेला संचालन गर्न लागिएको अध्यक्ष नरबहादुर रोकायाले बताए ।
बजारक्षेत्रबाट टाढा रहेको आलु पकेट क्षेत्रमा आलु मेला नै संचालन गरी प्रसार प्रसार गर्ने किसानहरुका लागि एकदमै आशाको बाटो भएको स्थानियको भनाई छ । संधै आलु फलाउने तर बजार नपाँउदा सस्तो शुलभ मुल्यमा बिक्री गरेर आफुहरु आधा पेट नै भएपनि बस्ने गरेको अर्का स्थानिय लोकेन्द्र रोकायाले बताए । उनले भने ‘ढम्कनेमा सिचाई कुलो छैन कुलो नुहुदा सबै जग्गा पाखो छ, पाखो जग्गामा खेती लगाउनका लागि आकाशे पानीकै भर पर्नुपर्ने भएकाले करिब ६ महिना जग्गा बाझो रहने र त्यसपछी मात्र आलुखेती गर्ने गरिन्छ ।’
कार्तिमा कोदो,मकै, धान,आलु, फापर, मुला लगायतका बर्ख बाली भित्र्याउने काम सकिसकेपछी केही स्थानमा मकै बाली लगाएपनि अधिकांश क्षेत्रमा भने फागुनमा आलु खेती गरिन्छ । गहु बाली केही मात्रामा लगाउने गरेको भएपनि उपलब्धी शुन्य हुने भएकाले स्थानियले कृषकले आलु उत्पादनमा जोड दिएको ढम्कने कृषि सहकारी संस्थाका अध्यक्ष रोकायाले भने ।
ढम्कने वडिमालिका नगरपािलकाको १४ किलोमिटर दुरीमा पर्दछ भने त्यहँ नियमित सवारी साधन संचालन हुदैनन् । नगरपािलकाको केन्द्र भन्दा केही टाढा रहेको बस्ती प्रायजसो नगदेबालीमात्र उत्पादन हुने भएकाले स्थनिय कृषकहरुले सक्रिय भई गाउमै कृषि सहकारी संस्था स्थापना गरि कृषकले आफ्नो व्यवसायबाट संकलन भएको सानोतिनो रकम दैनिक तथा मासिक बचत गरी कृषी पेशालाई पर्वद्धन गर्न नै औजारहरु खरिद गर्ने गरेको अध्यक्ष थापाले बताए ।
जिल्लामै पहिलो पटक आलु मेला लाग्ने भएकाले अहिले यो विषयले निकै चर्चा पाएको छ । कृषि क्षेत्रको विकासका लागि मेला नै आयोजना गरी प्रचार प्रसार गर्नु सकरात्मक भएको नागरिक अगुवाहरुको भनाई रहेको छ ।
आलु उत्पादन क्षेत्रमा र उत्पादित आलु बजारीकरणका लागि सम्पुर्ण आन्तरिक तथा बाह्य पर्यटकको सुझाव तथा संकलन तथा आलुको पहिचानका लागि मेलामा १ हजार कुइन्टल आलुको पहाड पर्दशन गरिने वडा नं ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।
अन्य महोत्सवमा विभिन्न कलाकारहर बोलाएर दर्शकहरु नचाउनुभन्दा पनि कृषी क्षेत्रको पर्वद्धनका लागि नया कार्यक्रम संचालन गर्न लागेकाले नगरपलिकाले पनि यसलाई सकरात्मक दृष्टिकोणले लिएको र सहयोग पनि सकेजती गर्ने नगरप्रमुख पदम वडुवालको भनाई रहेको छ ।
ढमकनेमा संचालन गरिने आलु मेलालाई सहयोग गर्न कृषि ज्ञानकेन्द्र बाजुरा पनि उत्तिके तदारुकताका साथ लागिरहेको छ । कृषि क्षेत्र तथा लोप हुन लागेको नगदेबालीको पर्वद्धनका लागि मेला संचालन गर्नु सहकारी संस्थाको राम्रो प्रयास भएको र यसले कृषकलाईलाई प्रत्यक्ष प्रभाव पार्ने कृषि ज्ञाकेन्द्र बाजुराका कृषि प्रसार अधिकृत मिनप्रसाद जैशीको आशा छ ।