प्रेम राैले
बाजुरा ११,साउन । बाजुराको बडीमालिका नगरपालिका–७ रजातोलीमा गएको तिन महिना अघि जंगली जनावर बदेलको आक्रमण परी घाइते भएका दुई जनालाई खप्तड राष्ट्रिय निकुञ्जबाट शुक्रबार पिडितलाई राहत स्वरुप चेक हस्तान्तरण गरिएको छ ।
बदेलको आक्रमणमा परी घाइते भएका सोही नगरपालिका–७ का प्रदिप पाध्याय र गंगराज पाध्यायलाई चेक हस्तान्तरण गरिएको डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख हरी यादवले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार प्रदिपलालई १५ हजार बराबरको र गंगराजलाई २३ हजार बराबरको चेक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने मार्फत दिइएको यादवले बताएका छन् ।
जिल्लाका विभिन्न समयमा जंगली जनावरको आक्रमणमा परी ७ जना बढी घाइते भएको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ । आक्रमणमा परी घाईते भएका अधिकांशलाई डिभिजन वन कार्यालय बाजुराको सिफारिसका आधारमा राहत वितरण गर्दै आएको छ ।
जंगली जनावरको हरेक वर्ष यहाँ स्थानीयहरुलाई आक्रमण गर्दै घाईत बनाउदै आएको छ ।
शुक्रबार खप्तडछेडेदह गाउँपालिका–३ धुरतोलामा भालुको आक्रमणमा परी उदे रावत गम्भीर घाइते भएका छन् ।
घाइते रावतको अछाम जिल्लामा रहेको बयापाटा अस्पतालमा उपचार भइरहेको छ ।