आइतवार, असार २८, २०८३
  • होमपेज
  • खेलकुद
  • विश्वकपको सेमिफाइनल समीकरण पूरा : उपाधि होडमा सबै पूर्व विजेता

विश्वकपको सेमिफाइनल समीकरण पूरा : उपाधि होडमा सबै पूर्व विजेता

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश

  • आइतवार, असार २८, २०८३
सेयर गर्नुहोस् :
विश्वकपको सेमिफाइनल समीकरण पूरा  : उपाधि होडमा सबै पूर्व विजेता

काठमाडौं–साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेल र लाउटारो मार्टिनेजले गोल गरे । खेलको १०औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् ।

आइतबार विहान भएको दुई क्वाटरफाइनल खेलपछि फिफा विश्वकप २०२६ को सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको छ । आइतबार विहान भएको खेल जित्दै इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएका हुन् । यही दुई टोली सेमिफाइनलमा भिड्नेछन् ।

इंग्ल्यान्डले एक गोलले पछि परेपनि त्यसलाई उल्टाउँदै अतिरिक्त समयमा नर्वेलाई २-१ ले पराजित गरेको हो । यस्तै साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

त्यसअघि नै दुई युरोपियन राष्ट्र फ्रान्स र स्पेनले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलम स्थान बनाएको हो । स्पेनले बेल्जियमलाई २-१ ले हराउदै सन् २०१० पछि विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो ।

सेमिफाइनल पुग्ने चारै टिम पूर्व विजेता हुन् । साविक विजेता अर्जेन्टिना ३ पटकको विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले समान १ पटक उपाधि जितेका छन् ।

चारै सेमिफाइनलिस्ट फिफा वरियताको पनि शीर्ष चार स्थानमा छन् । साविक विजेता अर्जेन्टिना शीर्ष स्थानमा छ भने स्पेन दोस्रो, फ्रान्स तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।

नर्वे र स्विटरल्यान्ड सेमिफाइनलमा पराजित भएपछि विश्वकपमा नयाँ टिम विजेता नबन्ने पक्का भएको हो ।

अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबीच असार ३१ गते अमेरिकाको डालास स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार विहान पौने १ बजे सुरु हुनेछ ।

यस्तै इंग्ल्यान्ड र बीचको दोस्रो सेमिफाइनल असार ३२ गते बिहीबार अमेरिकाकै एटलान्ट स्टेडियममा हुनेछ । यो खेल पनिन पाली समय अनुसार विहान पौने १ बजे सुरु हुनेछ ।

सेमिफाइनलका विजेता टिमले साउन ४ गते अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा फाइनल खेल्नेछन् ।

चर्चामा

सम्बन्धित समाचार