बुधबार, असार २४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिकामा ४४ जना मुक्त हलियालाई परिचयपत्र वितरण

बडीमालिकामा ४४ जना मुक्त हलियालाई परिचयपत्र वितरण

  • बुधबार, असार २४, २०८३
सेयर गर्नुहोस् :
बडीमालिकामा ४४ जना मुक्त हलियालाई परिचयपत्र वितरण

बाजुरा–  बडीमालिका नगरपालिकाले नगरभित्र रहेका ४४ जना मुक्त हलियालाई परिचयपत्र वितरण गरेको छ। मुक्त हलियाको पहिचान, सामाजिक सुरक्षा तथा राज्यका सेवा–सुविधामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले नगरपालिकाले वडा नं. १, ७ र ९ का लाभग्राहीलाई परिचयपत्र वितरण गरेको हो।

नगरपालिकाका कर्मचारी कृष्ण  खड्काका अनुसार परिचयपत्र प्राप्त गर्नेमध्ये ‘क’ वर्गका २ जना र ‘ख’ वर्गका ४२ जना रहेका छन्। वडा नं. १ का २२ जना, वडा नं. ७ का ७ जना तथा वडा नं. ९ का १५ जना मुक्त हलियाले परिचयपत्र प्राप्त गरेकाे बताएका छन्।  वर्गीकरणअनुसार वडा नं. १ मा १ जना र वडा नं. ७ मा १ जना ‘क’ वर्गका मुक्त हलिया रहेकाे उनकाे भनाइ रहेकाे छ ।

छुट परिचयपत्र वितरणले मुक्त हलियाको कानुनी पहिचान स्थापित हुनुका साथै राज्यबाट उपलब्ध हुने विभिन्न सेवा, सुविधा तथा अधिकारको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

 ‘स्थानीयदेखि विश्वव्यापी मानवअधिकार पैरवीमार्फत नेपालका सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरण (L2G Project)’ अन्तर्गत सञ्चालन गरिएको हो। कार्यक्रम बडीमालिका नगरपालिका र राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल, जिल्ला हलिया मुक्ति समाज बाजुराको आयोजनामा सम्पन्न भएको हो भने LWF को सहयोग तथा सहकार्य रहेको थियो।

नगरपालिकाले मुक्त हलियाको जीवनस्तर सुधार, सामाजिक न्याय तथा सम्मानजनक जीवनयापनका लागि पहिचान स्थापना पहिलो आधार भएको उल्लेख गर्दै आगामी दिनमा उनीहरूको आर्थिक, सामाजिक तथा सीप विकाससँग सम्बन्धित कार्यक्रमलाई पनि निरन्तरता दिने जनाएको छ।

बर्गिकरणमा परेर परिचय पत्र पाएका  मुक्त हलियाहरूले वर्षौंदेखिको संघर्षपछि प्राप्त परिचयपत्रले आफूहरूको पहिचान स्थापित हुनुका साथै सरकारी सेवा तथा अवसर प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरेका छन । परिचयपत्र वितरणसँगै मुक्त हलियाको अधिकार संरक्षण र सामाजिक समावेशीकरणको अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार