बुधबार, असार १७, २०८३
  • होमपेज
  • गौमुल
  • सहकारी सुदृढीकरणका लागि गौमुलमा पूर्व–सहकारी शिक्षा शिविर

सहकारी सुदृढीकरणका लागि गौमुलमा पूर्व–सहकारी शिक्षा शिविर

  • बुधबार, असार १७, २०८३
सेयर गर्नुहोस् :
सहकारी सुदृढीकरणका लागि गौमुलमा पूर्व–सहकारी शिक्षा शिविर

बाजुरा  — सहकारी संस्था प्रति सदस्यहरूको बुझाइ विस्तार गर्दै उत्पादन मुखी र उत्तरदायी सहकारी अभियानलाई टेवा पु¥याउने उद्देश्यले गौमुल गाउँपालिकामा पूर्व–सहकारी शिक्षा शिविर सम्पन्न गरिएको छ ।

त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, मार्तडी बाजुराको आयोजनामा गौमुल गाउँपालिकाको सभाहलमा आयोजित शिविरमा सहकारीका सिद्धान्त, मूल्य र मान्यता, सदस्यको भूमिका, बचत तथा लगानी व्यवस्थापन तथा उत्पादनमुखी सहकारी विकासका विषयमा प्रशिक्षण दिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले स्थानीय अर्थतन्त्रको सबलीकरणमा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संस्थाहरूले पारदर्शिता, सुशासन र उत्पादनसँग जोडिएका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताए। सहकारीको दिगो विकासका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहकार्य र सहयोग निरन्तर रहने उनको भनाइ थियो।

शिविरमा वडा अध्यक्षहरू अमर विक, गोरख बोहरा र प्रकाश रोकायासहित सहकारीकर्मी, स्थानीय सरोकारवाला र सहकारी सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

संस्थाका अध्यक्ष शेरबहादुर रावलले सहकारी शिक्षा सदस्यलाई संस्थाप्रतिको जिम्मेवारी, अधिकार र दायित्वबारे स्पष्ट बनाउन प्रभावकारी माध्यम भएको बताए । उनले यस्ता कार्यक्रमले सहकारी संस्थालाई थप उत्तरदायी, प्रभावकारी र सदस्यमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

संस्थाका व्यवस्थापक दयाराम पण्डितले सञ्चालन गरेको कार्यक्रममा आयोजकले सहकारी शिक्षामार्फत सदस्यहरूमा बचत तथा लगानीको सही अभ्यास, संस्थागत सुशासन र सामूहिक उत्तरदायित्वको भावना विकास हुने अपेक्षा गरेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार